लहान २० मा भईरहेको नाला निर्माण कार्यामा अनियमितता गन्ध

  • असोज २४, २०७८
  • ३०८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान २४ असोज । सिरहाको लहान नगरपालिका २० गोर्छारी टोलको सडक सुधारको योजनामा अनियमितताको गन्धआईरहेको स्थानीयको आरोप छ । नगरपालिकाको नगर स्तरीय कार्यक्रमबाट संचालित रामटोल देखि भौसी महतोको पोखरी सम्मको उक्त योजनामा व्यापक अनियमितता भैरहेको स्थानीयहरुको भनाई छ ।

लहान नगरपालिका द्वारा आर्थिक बर्ष २०७७।०७८को असार मसान्तमै काम सम्मपन्न हुने गरी भएको सम्झौताको काम हाल सम्म पनी संचालनमै रहेकोले अनियमितताको संकेत गरिएको स्थानीय उदयकुमार सिंहले बताए । पत्रकार सम्मेलन गरी उनले भने – हामी नगरपालिका लगायत उपभोक्ता समितिलाई पटक पटक योजनाको सम्झौता कागजात र बजेट एस्टिमेट माग गर्दा पनि कुनै निकायले उक्त कागजात उप्लब्ध नगराएको सिंहले दुखेसो पोखे ।

आयोजना स्थलमा बजेट पारदर्शी हुने खालका सार्वजनिक सूचना बोर्ड छैन ,राख्न आग्रह गरेपनी समितिले वास्ता गरेको छैन, उनले बताए । पिसिसी ढलानमा प्रयोग गरिएको टुक्रा ईटा दुई नम्बरी प्रयोग गरिएको स्थानीय सुर्यदेव महतोले बताए । सडक सुधारका लागि गरिएको नाला निर्माण र पिसिसी ढलानमा सिमेन्टको मात्र समेत कम भएकोले आयोजनाको काम सम्पन्न नहुदै ठाउँ ठाउँमा सडक सुधारका लागि गरिएको पिसिसी ढलान भत्किरहेको छ, उनले दावी गरे ।

अनुगमन गर्न नगरपालिकाबाट ओभरसियर , ईन्जिनियरहरु स्थलगत रुपमा कोई आउदैन ,सबैको यस योजनामा मिलोमतो रहेको स्थानीयले गुनासो गरे । नगर स्तरीय कार्यक्रमबाट संचालित उक्त योजनाको काम मेयर मुनी साह सुडिको डिजाइनमा भैरहेको स्थानीयको दावी छ ।

पहिलो किस्ताको करिब १२ लाख रकम गत असार मसान्तमा निकसा भैसकेको छ ।,र बाकीको कार्यगर्नका लागि चालु आर्थिक बर्षमा नगरबाट म्याद थप गरिएको श्रोतको दावी छ। करिब ५ सय मिटर लम्बाईको सडक कालोपत्रे गर्न ५३ लाख ३२ हजार २ रुपैया ८५ पैसामा उपभोक्ता समितीले नगरपालिकाबाट योजनाको सम्झौता गरेको छ ।सो बजेटबाट सडको दायाँ बाया पिसिसी ढलान ,नाला निर्माण , ठाउँ ठाउँमा ह्युमपाईप,चेम्बर ,पिच सडक लगायतको काम हुने बुझिएको छ।

यता सो बिषयमा उपभोक्ता समिती अध्यक्ष सोनेलाल महतो र लहान नगरपालिकाको प्रशासकीय अधिकृत खेमनन्दन भुसाल संग सम्पर्क गर्न खोज्दा कोई पनि सम्पर्कमा आएन ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...