संस्कृति र कला जोगाउन महिलाको अहम भुमिका हुन्छ ः मन्त्रि यादव ।

  • असोज १५, २०७८
  • ३७९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान १५ असोज । धर्म संस्कृति र कला जोगाउन महिलाको अहम भुमिका हुने प्रदश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विजय कुमार यादवले बताए । सिरहाका धनगढीमाई नगरपालिका १ बाखर ग्रामिण बजारमा नव निर्मित जितुवाहन मन्दिरको समउदघाटन कार्यक्रममा यस्तो बताएका छन् ।

प्रमुख आतिथ्यका आसनबाट मन्त्रि यादवले भने जितिया पर्व खास गरि महिलाको पर्व हो । यस पर्वमा महिला दिदि बहिनीहरुले ४८ घण्टा निराहार वर्त बसी आफ्ना संतानका लागि दिघार्युका कामना गर्दै वर्त बस्ने गर्दछ । त्यसैले महिलालाई लक्ष्मी, सरस्वति र दुर्गाको स्वरुप मान्ने गर्दछ । पुर्व अर्थ मन्त्रि रहेका वेला अर्थ मन्त्रालयबाट रु. २० लाख रकम बाट निर्मीत भएका सो मन्दिर विधिवत तरिकाबाट पुजा पाठ गरि बुधवार उदघाटण गरिएको हो ।

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष सुर्य नारायण महतोले वडा कार्यलयका तर्फबाट मेला समितिलाई १ लाख २० हजार सहयोग गर्ने प्रतिबद्धता जनाए र भने हामी जुनसुकै पार्टिका नेता कार्यकर्ता भए तापनि हामी मधेशीहरु विभिन्न प्रकारका नेपाली नागरिकता लिनबाट बञ्चित भएका छौँ । सो नागरिकता बितरणको कार्यमा सहज बनाउन प्रदेश सरकारसंग आग्रह गरेका छन ।

कार्यक्रम बिच मन्त्रि यादवले मन्दिर निर्माणमा अतुलनिय सहयोग गरे वापत जितिया मेला समिति द्वारा दोस्सला र सम्मान पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रममा भूत पूर्व नागरिक उडयन मन्त्रि शत्रुधन प्रसाद सिंह कोइरी, जसपा केन्द्रिय सदस्य राजु गुप्ता, नेपालि काँग्रेसका सुर्य नारायण यादव लगायत दर्जनौ नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

जितु वाहन मन्दिर समउदघाटन कार्यक्रमका अध्यक्ष राम कुमार महराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने स्वागत मन्तव्य बाखर ग्रामिण बजारका अध्यक्ष भोगेन्द्र यादवले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...