पर्सा प्रहरीद्वारा ६० लाखको अवैध सामान सहित ट्रक बरामद

  • आश्विन ७, २०७८
  • ३७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण यदव/ वीरगंज ७ असोज जिल्ला प्रहरी कार्यालय पर्साले ६० लाखको अवैध सामान सहित ट्रक नियन्त्रणमा लियो प्रहरीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी बिना बिल विजकको मेडिकल तथा खुद्रा सामनहरु बोकेको एक गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोलीले बीरगंज ८ स्थित रहेको लालबंगाला अगाडी सडक हुँदै जाँदै गरेको बिशेष चेकजाचको क्रममा ना २ ख ९७३७ नम्बरको गाडीले अन्दाजी करिव ६० लाख मुल्य बराबरको भन्सार छली बिना बिल बिजकको मेडिकल तथा अबैध खुद्रा सामानहरु सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ट्रक चालक वीरगंज महानगरपालिका वडा नम्वर १४ बस्ने बर्ष ४२ को प्रमानन्द प्रसाद कुर्मी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसंधान कार्यालय पथलैया बारामा बुझाईएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...