बिरगंजमा दुइ हुन्डि कारोबारी पक्राउ

  • भदौ ३१, २०७८
  • ४६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण यादव बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाको माईस्थान चौकबाट हुण्डी कारोबार गर्ने २ व्यक्तिलाई ३८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ | प्रहरीले  वीरगंज महानगरपालिका ६ बस्ने वर्ष ४५ का कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने बर्ष २० का दिपक कुमार सर्राफलाई स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो । प्रहरीले विशेष सुचनाको अाधारमा वीरगंज महानगरपालिका वडा नम्बर ६माईस्थान चौक स्थित कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरी भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सडा पोशाकको टोली एवम क्राईम ब्रान्च प्रमुख प्रहरी नायब निरीक्षक बिनोद सिंहको कमाण्डमा उक्त ज्वेलर्स भित्र रितपुर्वक खानतलासी गर्दा श्रोत नखूलेको नेपाली नगद ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद गरेको हो | बरामद भएका नगद सहित संचालक र काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए |

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...