"बलत्कार सन्किर्ण मानसिकता,नैतिक पतनको उपज हो"-गायक रन्जित

  • भदौ ३१, २०७८
  • ७७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रमोद सहनी रौतहट दिनानुदिन बलत्कारका घटना बढ्दै गएपछी गायक रन्जित कुमार सहनीले फेसबुक मार्फत आक्रोस पोखेका छन। निर्मला पन्त देखि भागिरथी भट्टजस्ता कयौ कलिला चेलिबेटी,छोरीे बलात्कृत मात्र होइन बलात्कारसङै ज्यान पनि गुमाएकी छिन र न्याय पाउने कुरो अझै ओझेलमै छ्न। यी सबै घटनाक्रम सुन्दै जादा हाम्रा परिवारका/समाजका चेलिबेटी सुरक्षित छैन्न भन्ने कुरा फेसबुक स्टेटसमार्फत आक्रोश पोख्दै आफ्ना भावना पोखेका छ्न। गायक रन्जित लेख्छ्न छोरी/चेलिलाइ हामिले जहिले पनि समयमा कलेज,स्कुल जानू,घर समयमै आउनु नानी भन्छौ,कोहिसङ जथाभावी नबोल्नु सम्झाउछौ,सन्स्कारका कुरा पनि सिकाउने गर्छौ तर त्यही छोरो जतिखेर घर आएनी हुने,जति खेर गएनी हुने,अझ यस्ता जघन्य गल्ती गर्नु हुन्न,भोलि करियर बर्बाद हुन्छ,सामाजिक रुपमा तल गिर्छौ यस्ता सन्स्कारका कुरा,नैतिकता कुरा छोरो अगाडि गरिदैन,सम्झाइदैनन। एउटै बाटो छोरोकोलागी सुरक्षित तर त्यही बाटो छोरी चेलिको लागि असुरक्षित! एउटा छोरोको कारण यो डर र त्रास एउटा छोरिकोलागी सिर्जना भएको होइन र? गायक रन्जित अझै लेख्छ्न, सन्किर्ण मानसिकता,नैतिक पतन र साइनो/नातागोता,नैतिक धर्म बिर्सेपछिको उपज बलात्कार हो। तसर्थ,छोरी भन्दा बढी सन्सकार र नैतिक धर्म र कर्तब्य बोधको आबश्यकता छोरालाइ देख्छु। छोरा सभ्य भए समाजका छोरी आफै सुरक्षित हुन्छिन। गायक रन्जितले Stop Rape! Be Civilised! Be A Good human! लेख्दै बलात्कारजस्ता जघन्य अपराध रोक्न आहवान गरेका छ्न।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...