सिरहामा नेपाल प्रहरीका घुमुवासँगको सेटिङ्मा तस्करी । लाइन आशंकामा एसपी पाँडेको संलग्नता

  • भदौ ३१, २०७८
  • ३३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

३१ भदौ, काठमाडौं । प्रदेश २ को सिरहा नेपाल भारत सीमा क्षेत्रबाट सेटिङमा तस्करी गर्ने केन्द्र बन्न थालेको छ । सिरहामा नेपाल प्रहरीका घुमुवासँगको सेटिङमा तस्करी बढेपछि प्रदेश २ कै केन्द्र बनेको हो । सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम बढेपनि त्यहाको एसपी हिराबहादुर पाण्डेले कुनै पनि एक्सन नलिनुले उनको समेत मिलेमतो रहेको आशंका जन्माएको छ । सीमाका सुरक्षाकर्मी र जिल्लाभर परिचालित घुमुवा प्रहरीसँगको सेटिङमा भित्रायाइँदै गरेको ठूलो परिमाणको औषधि गत हप्ता बिहान लहान प्रहरी प्रमुख डिएसपी डा।तपन दाहालले बरामद गरेपछि तस्करीमा प्रहरी नै संलग्न रहेको खुलेको थियो । ‘एसपीले छाड्ने डीसपीले नछाड्ने भएपछि त्यहाँ दुवै जनाको टसल शुरु भएको छ’, प्रहरी स्रोतले भन्यो । स्रोतका अनुसार लहान–भगवानपुर–ठाढी सडक खण्डअन्तर्गत लहान नगरपालिका–१९ कटहा चोकबाट लु १ स ८००७ नम्बरको मेक्सी भ्यानमा राखी भारतबाट ल्याउदै गरेको ७५ लाख ५६ हजार ८ सय रूपैयाँ बराबरको औषधि बरामद गरेपछि एसपी पाण्डे र डा. दाहालबीच टसल शुरु भएको हो । एसपीका घुमुवाको मिलेमतोमा रिकल–केटु–सेभेन नामको औषधि ३५ लाख ९३ हजार ९ सय २० रूपैयाँ, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १ सय ६० रूपैयाँ र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७ सय २० रूपैयाँबराबरको बरामद भएको थियो । उनीहरुले कागजी प्रमाणबिना भारतबाट ठाढी नाका हुँदै ल्याइएका यी औषधि कहाँ लागिँदै थियो भन्नेबारे कसैलाई पनि थाह थिएन । औषधि बोकेको गाडी कसको हो भन्ने पनि अहिलेसम्म प्रहरीले बताउन चाहेको छैन । एसपी पाण्डले सबै विवरण नखुलाउन डिएसपीलाई दबाब दिएको स्रोतले भन्यो । ठाढी नाकामा मूल भन्सार छ । सँगसँगै सशस्त्र प्रहरीका इन्सपेक्टरको कमान्डमा बोर्डर आउटपोस्ट ‘बिओपी’ र सईको कमान्डमा नेपाल प्रहरीका पोस्ट छन । ठाढीबाट चार किलोमिटर उत्तरमा असईको कमान्डमा भगवानपुर प्रहरी चौकी छ । भगवानपुरबाट चार किलोमिटर उत्तरमा सईको कमान्डमा इलाका प्रहरी कार्यालय महेशबारी छ । सो समान सशस्त्र प्रहरीले रोकेको भएपनि एसपीको सामान भन्दै नेपाल प्रहरीका सई आफै सामान छुटाउन गएका थिए । पाँच किलोमिटर उत्तर लहानको अस्पताल चोकनजिकको पार्कमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली बसेपनि त्यहाँबाट पनि मिलेमतोमा छाडेपछि सिरहा लाहान प्रहरी चौकीका प्रमुख डीएसपी दाहालले त्यसलाई बरामद गरेका थिए । ‘बोर्डरबाट तीनवटा प्रहरी पोस्ट र एउटा बिओपी पार गरेर अवैध औषधि बोकेको गाडी लहानसम्म कसरी पुग्यो  ? औषधि बरामद हुनु तर मानिस फेला नपर्नुमा मिलेमतोको शंका छ,’ लाहान प्रहरी चौकीका एक प्रहरीले भने । स्रोतका अनुसार प्रहरी प्रधानकार्यालयबाट एसपी पाण्डे त्यहाँ गएबाटै सीमाबाट तस्करी रोकिएको छैन झन बढिरहेको छ । ‘कोरोनाको आडमा सीमामा तस्करको राज चलेको छ । पारिबाट कपडा, मोटरपार्टस, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा, कस्मेटिक्स सामान, तेल, चिनी, लागुऔषध, औषधि, हुन्डी रकमलगायत सबै तस्करी हुन्छ,वारिबाट मटर, चाइनिज स्याउ, मदिरा पारि पुन्छ,’ स्रोतले भन्यो । सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट छन । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिनासेटिङ सम्भव नभएकाले नेपाल प्रहरीका घुमुवाहरु सेटिङ मिलाउनमै व्यस्त रहेका छन् । तस्करलाई घुमुवा प्रहरीले नै बाटो देखाउँने गरेका छन् तस्करले खाद्य सामग्री, कपडा, मोटर पार्ट्स र कस्मेटिक सामग्री प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर ‘मासिक रकम दिएर’ ल्याइरहेका छन् । नरगी, कुसन्डी, इटाटारबाट तस्करले सामान ल्याउनमा गाडीमा नेपाल प्रहरीका घुमुवालाई समेत बोकेर लाने गरेको स्रोतको दावी छ । साभार : नेपालबहस

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...