जन्ती आउनु पहिला ग्यास लिक भएर लाखौंको छत्ति

  • फागुन २८, २०७५
  • ३४७ पटक पढिएको
  • मुकेश यादव
alt

सिरहा २९ फगुन । लहान नगरपालिका वडा नं. २२ गम्हरिया टोलमा आज विहान आगलागी हुँदा लाखौ मुल्य वराबरको धनमाल नष्ट भएको छ । राधेश्याम चौधरीको छोरी सुसमा चौधरी विहेको खाना तयारी गर्ने क्रममा आचानक ग्यास लिक भएर आगलागी हुदाँ करिब ५० लाख बराबरको धनमाल जलेर भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । आगलागी हुँदा राधेश्याम चौधरीको १ वटा घर , जिन्सी सामग्री ८ लाख , नगद २ लाख , सुन डेढ तोला , चाँदी ६० तोला नष्ट भएको छ । त्यस्तै ठिठर चौधरीको एउटा घर , २ लाखको सर –समान , नगद १ लाख ५० हजार जलेको हो । बालकृष्ण चौधरीको १ लाखको सर समान , सुखि चौधरीको जिन्सी ४ लाख , नगद १, लाख ५० हजार , चाँदी ४० तोला ,मिठन चौधरीको २० हजारको पराल लगायत जलेको हो । घरमा रहेको अन्नपात लत्ता कपडा , नगद , सुनचाँदी , बिहेभोजको सम्पुर्ण सर –समानहरु जलेको हो । आगो करीब २ घण्टा पछी स्थानिय बासी , शसत्र प्रहरी , लहान नगरपालिकाबाट आएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । आगो ले कुनै किसिमको मानबिय क्षती नभएको प्रहरीले जनाएको छ । सुसमाको बिहेको लागि भोटीयाटोल बजार वाट बिहेको लागि चन्दा आज सम्म ३० हजार र गाउँ बासिि वाट ४६ हजार रुपैया संकलन भएको छन ।जन्ती सुनसरी वाट आउछन भन्ने स्थानीय राम नन्दनले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...