अन्तरक्रिया तथा सम्मान-पत्र वितरण कार्यक्रम सम्पन्न

  • भदौ २८, २०७८
  • १४५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान सिरहा २७ भाद्र । राष्ट्रिय सहकारी बैंक लिमिटेड लहान शाखाद्वारा आयोजित सहकारी र बैंक बीच अन्तरक्रिया तथा सम्मान पुरस्कार वितरण एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा आ व २०७६र७७ मा उत्कृष्ट कारोवार गर्ने द सहारा सेविङ्स एण्ड इन्भेष्टमेन्ट कोआपरेटिभ सोसाइटी लि लहान सेवा केन्द्र र नियमित कारोवार तर्फ मिथिलाञ्चल कृषी सहकारी संस्था लि लहान सिराहालाई बैंकका अध्यक्ष र प्रमुख अतिथीबाट सम्मान पत्र वितरण गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा जिल्ला सहकारी अभियानलाई चलायमान राख्नको निमित्त जिल्लाका सहकारीकर्मी र जिल्ला सहकारी संघको सकृयता तथा सहकारीकर्मीहरुको पहलको आवश्यकता हुनेमा जोड दिनु भयो । सहकारी महासंघको तर्फबाट ूमैले सहकारी संघसंस्थाको विकासको लागि प्रदेश २ का सहकारी मन्त्रीसंग समेत व्यक्तिगत रुपमा समेत पहल गरेको छुू ओम देवी मल्ल ज्युले भन्नुभयो । समग्र सहकारी अभियानको विकासको लागि महासंघले सहकारी विषयलाई त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गराएको र केही समय पश्चात सहकारी विषयमा पढाई समेत सुरु हुने जानकारी दिनु भयो । साथै सहकारी संघसंस्थालाई आवश्यक पर्ने हर किसिमको सहयोग गर्न महासंघ तयार रहेको समेत जानकारी गराउनु भयो । त्यस्तै सहकारी बैंकले सबै किसिमका सहकारी संघसंस्थाहरुलाई आफ्नो शेयर सदस्यता प्रदानगरी वित्तिय तथा गैरवित्तिय दुबै सेवा प्रदान गर्ने भएको हुँदा राष्ट्रिय सहकारी बैंकसंग जोडि कारोवार गर्न समेत सहकारी संघसंस्थाहरुलाई आहवान गर्नुभयो । त्यसैगरि आफ्नो मन्तव्य राख्ने क्रममा बैंकका अध्यक्ष तथा एन ई डि ए सी का उपाध्यक्ष के बी उप्रेतीले उपयुक्त कार्ययोजना समेत बनाइ कृषि, उत्पादन, स्वरोजगार हुने परियोजना प्रश्ताव आए बैंक ६ प्रतिशत मै कर्जा लगानी गर्न समेत तयार रहेको जानकारी गराउनु भयो । त्यस्तै सहकारी बैंकले अन्य बैंक तथा बित्तिय संस्था फण्ड ट्रान्स्फर सेवाको चेकजांच चरणमा रहेको र चाडै सुरुवात गर्ने समेत जानकारी गराउनु भयो । हालको तिनै तहको सरकारसंग समन्वय गरि सहुलियत दरको कर्जा बैंक मार्फत सहकारी र सहकारी मार्फत जनतालाई कर्जा प्रवाह गर्नको निमित्त पहल भैरहेको समेत जानकारी दिनुभयो । त्यस्तै सहकारी संघसंस्थाको मागको आधारमा आवश्यक जुन सुकै किसिमको राष्ट्रिय तथा अन्तरास्ट्रिय तालिम उपलव्ध गराउन समेत बैंक तयार रहेको कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहकारी महासंघ लि नेपालका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड मेम्बर सहकारीकर्मी ओम देवी मल्ल रहनु भएको थियो भने राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष, एन ई डि ए सी का उपाध्यक्ष के बी उप्रेती विशिष्ट आतिथ्यतामा र राष्ट्रिय सहकारी बैंक लहान शाखा समन्वय उपसमिती संयोजक सन्जय कुमार महतो ज्युको अध्यक्षतामा सम्म्पन्न भएको थियो । कार्यक्रममा बैंकका सन्चालक तथा प्रदेश २ संयोजक विश्वनाथ मण्डल र बैंकका संचालक ध्रुब नारायण यादबको समेत उपस्थिती रहेको थियो भने अतिथिमा विभिन्न संघका पदाधुकारीहरु र लहान नगरपालिका सहकारी फाटका कर्मचारी उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सन्चालन बैंकका सन्चालक विश्वनाथ मण्डलले गर्नुभएको थियो भने बैंकको प्रगति विवरण प्रस्तुतीकरण लहान शाखाका शाखा प्रमुख समिर श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...