कलंक बाट मुक्त हुन चौरचन्न पुजा,किन पुजिन्छ चौठि चान्द ?

  • भदौ २५, २०७८
  • १०९७ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा २५, भदौ । हाम्रो समाजमा व्यापक हर्षोल्लासका साथ चौरचन्न पुजिन्छ।भादौ महिनामा गणेश चतुर्थिको दिन बेलुका चाँद देख्ने गरि पुज्ने गरिन्छ।यस पावनमा दिन भरी महिलाहरूले उपावास बसि बेलुका चांदलाइ दर्शन हुने गरि पुजा गरिन्छ। बेद शास्त्रका अनुसार एक समय भगवान श्री गणेशले कहि कतै बाट भोजन गरि आइरहेको थियो। त्यही बाटो हुँदै चन्द्रमा पनि आइरहेकी थिइन। संयोगबस भगबान श्री गणेश र चन्द्रमाको भेट जुट्यो।चन्द्रमा रुपमा अति सुन्दर थिइन।तिनी सँग आफ्नो रुप र सौन्दर्यताको ठूलो घमण्ड थियो।गणेश भगबानको पेट ठूलो थियो भने सुँर पनि लामै थियो। आफ्नो सौन्दर्यता र रुपको घमण्ड भएकी चन्द्रमा गणेशको रुप देखेर हाँसिन।गणेश भगवान अनुचित हाँसो देखेर तिनलाई श्राप दियो। गनेशले भने तिमीमा रुपको घमण्ड छ।तिमिलाइ देख्नेलाइ समाजमा झुठो कलंक लाग्छ। पछि श्रापित चन्द्रमाले श्राप बाट मुक्त हुन भादौ महिनामा चतुर्थिको दिन गणेशको पुजा गर्न थालिन। गणेशले पनि पुजा बाट खुश हुँदै भने जो भदौ चतुर्थिको दिन तिमी सँगै म गणेशलाई पुजा गर्छ।तिनिहरुलाइ झुठो कलंक लाग्दैन।त्यही दिन देखि हाम्रो समाजमा हर्षोल्लासका साथ चौठीचाँद चौरचन्न्न गर्ने गरिन्छ। यश पुजामा मनिसहरुले दहि, पुरी, खिर,फलफुल ,लडु का साथ दर्शन गणेश सहित चन्द्रमाको दर्शन गर्ने गरिन्छ।भने कथा रहेको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...