कलंक बाट मुक्त हुन चौरचन्न पुजा,किन पुजिन्छ चौठि चान्द ?

  • भदौ २५, २०७८
  • १२६२ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा २५, भदौ । हाम्रो समाजमा व्यापक हर्षोल्लासका साथ चौरचन्न पुजिन्छ।भादौ महिनामा गणेश चतुर्थिको दिन बेलुका चाँद देख्ने गरि पुज्ने गरिन्छ।यस पावनमा दिन भरी महिलाहरूले उपावास बसि बेलुका चांदलाइ दर्शन हुने गरि पुजा गरिन्छ। बेद शास्त्रका अनुसार एक समय भगवान श्री गणेशले कहि कतै बाट भोजन गरि आइरहेको थियो। त्यही बाटो हुँदै चन्द्रमा पनि आइरहेकी थिइन। संयोगबस भगबान श्री गणेश र चन्द्रमाको भेट जुट्यो।चन्द्रमा रुपमा अति सुन्दर थिइन।तिनी सँग आफ्नो रुप र सौन्दर्यताको ठूलो घमण्ड थियो।गणेश भगबानको पेट ठूलो थियो भने सुँर पनि लामै थियो। आफ्नो सौन्दर्यता र रुपको घमण्ड भएकी चन्द्रमा गणेशको रुप देखेर हाँसिन।गणेश भगवान अनुचित हाँसो देखेर तिनलाई श्राप दियो। गनेशले भने तिमीमा रुपको घमण्ड छ।तिमिलाइ देख्नेलाइ समाजमा झुठो कलंक लाग्छ। पछि श्रापित चन्द्रमाले श्राप बाट मुक्त हुन भादौ महिनामा चतुर्थिको दिन गणेशको पुजा गर्न थालिन। गणेशले पनि पुजा बाट खुश हुँदै भने जो भदौ चतुर्थिको दिन तिमी सँगै म गणेशलाई पुजा गर्छ।तिनिहरुलाइ झुठो कलंक लाग्दैन।त्यही दिन देखि हाम्रो समाजमा हर्षोल्लासका साथ चौठीचाँद चौरचन्न्न गर्ने गरिन्छ। यश पुजामा मनिसहरुले दहि, पुरी, खिर,फलफुल ,लडु का साथ दर्शन गणेश सहित चन्द्रमाको दर्शन गर्ने गरिन्छ।भने कथा रहेको छ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...