आमूल परिवर्तनको लागि स्व्च्छ र स्वार्थ रहित राजनीति

  • भदौ २१, २०७८
  • ६९२ पटक पढिएको
  •  राम पुकार यादव
alt

सिरहा । गाउँ शहरमा चहलपहल छन । भुल्ला र झुल्लाहरु चुनावी सकसमा छन ।विभिन्न पार्टी संगठनहरु आ आफ्ना अधिबेशनको तयारीमा छन ।राजनीतिको परम्परा र आधुनिक शैली बिच उतिकै द्वन्द त छ नै मगन्ते नुनतेले राजनीतिक चिन्तकहरु पनि अभियानमा उम्केको छ ।

बिगतमा सरकारी चामल बेच्नेहरु जनतालाई कम चलाएन। उपलब्धि भने समाज र जनताको लागि उनिहरु बाट केही भएन । चौक चौराहा उनिहरुको शोर भने जनपक्षीय नै छन तर काम भने त्यही चौराहामा जनपक्षीय नरहेको जनअवाज छन । चौक चौराहामा राजनीति खेतीपाती राम्रो फ्स्ट्याएको गुन्जिन्छन । गाउँ घरमा विकास भने अधुरै रहेको चिन्ता पुरानो र नयाँ राजनितिक चिन्तकहरुमा कमै देखिन्छ ।

किन छन त अन्योलको अबस्था ? जनतालाई दुरदर्शिताको प्रत्याभूति कसले दिलाउने ? जनतामा चेतनाको कमि त छ । तर उनीहरुको के दोस । ? उनिहरु आफ्नो दिनचर्यामा ब्यस्त हुन्छन् । उनिहरुको प्रतिनिधित्व गर्ने असक्षम ,अदुर्दशी ,अल्पज्ञानी ,स्वार्थी नेतृत्वको कारण जनतामा अन्योलता अबिश्वास भर्म सृजना भएको त होला । जनताले त प्रतिनिधिको अधिकार र दायित्व प्रदान गरिदिने हो ।

त्यस अधिकारलाई जनताको हकहित र संरक्षणमा कसरी सदुपयोग गर्ने भने कुरा त प्रतिनिधिहरुको दक्षता,कुशलता र योग्यतामा निर्भर हुन्छन । हालको अबस्थामा त्यस्ता प्रतिनिधिहरु कमै भेटिन्छन । यतिखेर आफ्ना बर्चस्व कायम राख्न जनतामा भर्म सृजना गर्ने समन्वयको साटो फुटाउने , एकत्रित रहेको समाज वा परिवारमा भेद लगाउने जस्ता द्वन्द्वात्मक गतिविधि गर्दै राजनीतिमा हाबी भएको देखिन्छ ।

राजनीति गर्ने यो सुत्र त हो तर सुत्र प्रयोग गर्ने सोच र मानसिकता सकारात्मक नरहेको प्रष्ट देखिन्छ । यस अबस्थाका राजनिती र यस राजनीतिक कर्म संग जुटेका चिन्तकहरु असफल र असक्षम भएर जान्छन । उनिहरुको भुल्ने र झुल्ने बानी र आचरनले भुल्ला र झुल्लाहरुको राजनिती चल्दैन ।

 अब त नयाँ पुस्ता र नयाँ बिचारको राजनिती सँग जनता आबद्ध हुन्छन् । पुरानो शैली र डर धाक लगाएर मिथ्या अश्वासनको भरमा मत नपाइने अबस्था छुपेको देखिदैन । सहि बिचार ,साकारत्मक सोच ,झुक्ने शक्ति,उदारदायी भावना, स्वार्थ रहित मनोआँकक्षा जनप्रीय लकचादार आचरण व्यबहार र जनताको हितमा निस्पक्ष कर्म गर्ने राजनीति प्रतिस्परधिको खोजिसँग जनता सहमत भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...