सिरहामा भौतिक उपस्थितिमै पठनपाठन संचालन

  • भदौ १०, २०७८
  • ११९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स,१० भदौ /सिरहा । विकसित कोरोना संक्रमणको कारण बन्द रहेको बिदालयहरु विद्यार्थीको भौतिक उपस्थितिमै संचालन गरिने बताइएको छ। हिजो बुधबार संस्थागत बिदालयहरुको प्रीन्सिपल तथा पदाधिकारीहरुले एक पत्रकार सम्मेलनको आयोजना गरि अब सिरहामा भौतिक उपस्थिति मै पठनपाठन संचालन गरिने बताइएको हो। सिरहाको लहान उद्योग बाणिज्य सँघको सभा हलमा नेशनल प्याब्सन सिरहा र प्याब्सन सिरहाले आयोजना गरेको कार्यक्रममा सिरहाको सम्पुर्ण हाट बजार खुला,यातायात संचालन मेला भिड सबै लागी रहदा अब विद्यार्थीको जिबन नै अन्योलमा रहेको महसुस गर्दै भौतिक उपस्थितिमै बिदालय संचालन गरिने एन प्याब्सन र प्याब्सन सिरहाका अध्यक्ष सुदिप कुमार चौधरी र लालबाबु राइले बिज्ञपती जारी गर्दै जानकारी गराएको हो। कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सल्लाहकार तथा मेरि चिल्ड्रेन बोर्डिङ स्कुल लहानको प्रीन्सिपल पाण्ड्व हमालले विकसित कोरोना संक्रमणको कारण लामो समय देखि सिरहाको बिदालय बन्द रहदा विद्यार्थीहरु डिप्रेशनको सामना गर्नु पर्दै कुलतमा लागेको बताए।उहाँले यस्तै अबस्था रहिरह्यो भने अब दुई जेनेरशन सम्म शिक्षाको स्तर माथी उठाउन कठिन हुने बताए। उनले ७७ औं  जिल्लाको संक्रमण अवस्था हेरेर पढाई सञ्चालन गर्नुपर्ने बताए । हमालको अनुसार विद्यालय सञ्चालनका विषयमा देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरुमा पढाई संचालित भईसकेको जानकारी गराए ।  

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...