पश्चिम् नवलपरासीमा तिन लाख मुल्य भन्दा बढी अवैध खसी, बोका तथा मालसामान बरामद

  • भदौ ६, २०७८
  • २२५ पटक पढिएको
  • उर्मिला यादव यात्री
alt

उर्मिला यादव नवलपरासी भदौ ६। पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिब ३ लाख २३ हजार ८ सय ५० मुल्य बराबरको खसी, बोका र बिभिन्न मोटर पार्टका सामान जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीको अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट अवैध रुपमा ल्याउदै गरेको २८ जिउ खसी, बोका बर्दघाट नगरपालिका वडा नम्बर ४ टि.सि.एन चोकबाट बरामद गरेको छ । बरामद खसी, बोकाको अन्दाजी मुल्य २ लाख ८० हजार मुल्य बराबर रहेको प्रहरीले छ । त्यसैगरी भारतबाट भन्सार छली ल्याउदै गरेको ऐर फिल्टर, फलामको फेन, कुलिन पार्टस, बेरिङ, गेर आयल, डिजेल फिल्टर लगायतका बिभिन्न मोटर पार्टका सामान सोही स्थानबाट प्रहरीले बरामद गरेको जनाएको छ । बरामद भएको सामानको मुल्य ४३ हजार ८ सय ५० रुपैया रहेको छ । यस्तै गरि बरामद भएका २८ जिउ खसी,बोका र सम्पुर्ण मोटर पार्टका सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...