माधब कुमार नेपाल तेस्रो पुस्ताको पनि सारथि:गोबिन्द प्रसाद चौलागाईं

  • भदौ ४, २०७८
  • ७४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 अनेकौं मेहनत गरेर लोकप्रिय बनाउदै खडा गरेको नेकपा एमालेको विचारसहितको जग एकाएक डगमगाउन थालेपछि त्यसलाई जोगाउनका निम्ति पनि माधवकुमार नेपाल तेस्रो पुस्ताका सारथी बनेर फरक कित्तामा एक्लै उभिनुभएको छ । एमाले विचार शून्य मात्रै नभई काण्डै काण्डैले लत्पत्तिएका अनुहारमा साबुन पानीले जतिसुकै सफा गर्न खोज्दा पनि सफल हुन नसके पछि जननेता मदन भण्डारी र मनमोहन अधिकारीले देखेका सपनाहरू साकार बनाउन अनि एमालेको चुरो बचाउनका लागि पनि नेता नेपालले नेकपा एकीकृत समाजवादीको झण्डा उठाउने हिम्मत गर्नुभयो । तपाईले हिम्मतका साथ उठाउनु भएको नेकपा एकीकृत समाजवादी झण्डाको तापले एमालेभित्रको हुँर्कदो तानाशाह प्रवृत्ति, सिद्धान्तहीन कर्मवाट फर्कन र जबज जबर्जस्त पलायनतर्फ जान लागेको बाटो छेक्न सक्नेछ । अनि त्यतिबेला मात्रै बृहत कम्युनिष्टहरुको पुन एकता गरी निष्ठा विधि पद्धतिलाई लयमा हिडाएर मात्रै तपाईंले आफ्नो राजनीतिक नेतृत्व युवामा हस्तान्तरण पश्चात् मात्रै विश्राम लिनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । नेता नेपालले थालेका यो अभियानमा “आउ सबैले मिलाउ मन अनी हातहरु” । राष्ट्र र जनहितका लागि एक साधारण भन्दा साधारण नागरिक हुन तयार तपाईका जीवनशैलीले बताइरहेकै छ, यसमा धेरै भन्नु पर्दैन । झण्डै पाँच दशक देश र जनताकै निम्ति आफ्नो जीवन समर्पित गर्नुभएका तपाईलाई आफ्नै घरवाट गरिएका अपमानहरूको वर्षालाई निलकण्ठ बनिदिएर पनि आफ्नो उदेश्यमा दृढ देखिनु भएको छ । राजनीतिमा नैतिकता हराइरहेको बेला निष्ठाको राजनीतिका निम्ति सदासर्वदा मियो बन्नुभएको छ । समय बलवान् छ । नेपाली पुर्खाहरुले देखेका अधुरा सपना पूरा गर्ने मात्रै होइन वर्तमानले माग गरेको समृद्ध नेपालको यात्रा तपाईंका निम्ति पर्खिरहेको छ । देश बनाउने स्वार्थमा यात्रा गर्दा उकाली ओराली अनि घुम्तीहरुमा साक्षात्कार त गर्नैपर्छ त्यसमा तपाई जानकार नै हुनुहुन्छ । वैगुनी मस्तिष्क र जालीझेली अनि स्वार्थी नियतसामू विचार शून्य हुन पुगेकाहरुले यत्ति मात्रै वुझ्दा हुन्छ कि ‘माधवकुमार नेपाल नेपाली राजनीतिका नायक हुन्’ दलीय राजनीतिक जीवनमा एक्लै हुँदा होस् वा वरिपरि भिडभाड हुँदा होस् उहाँको गति निरन्तर बढिरहेकै छ । इतिहासमा ठूलो छाती हुने हिम्मत गर्नेहरू नेकपा एकीकृत समाजवादीले नै बनाउने हो । सानो छाती हुनेले फुटेको एमाले लिएर गुटबन्दीमै रमाउने अनि इतिहासको रछ्यानमा हराउने हो । देशलाई तपाई जस्तो अनुभवी तथा नैतिकवान सच्चा नेताको खाँचो छ । तपाईंको यो अदम्य साहसलाई इतिहासले पक्कै मुल्यांकन गर्ने नै छ । यतिबेला तपाईंको यो सिद्धान्त प्रतिको निष्ठा र लडाइँमा होस्टेमा हैसे मिलाउन लाखौं नेपाली तम्तयार भएर बसेका छन् । हिड्ने यात्रा लामो छ । अहिले यो यात्रामा छुटेकाहरु जुनै सुकै मोडहरूमा जोडिन सक्छ्न । बिट मार्न खोज्नेहरु इतिहासको कठघरामा देखिन सक्ने छन् । नेकपा एमालेको जगमा इटामा इटा थपेर एमालेको जगलाई दर्बिलो बनाउन तपाईंको सुझ बुझ निर्णय र कुशल सांगठानिक क्षमता हो भन्ने कुरामा कुनै भ्रम छैन । द्वन्द्वले थिलथिलो भएको हाम्रो जस्तो देशमा शान्तिको खोजीमा भौतारिएको जनचाहना अनुरुप नेपाली कांग्रेसका अघिल्लो पुस्ताका नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड लाई एउटै टेवलमा रहनुमा तपाईंले गरेको अथक मेहनत रहेको छ । तपाईको मेहनतको जगमा प्राप्त भएको उपलब्धि जोगाउन यतिबेला तपाईंको खाँचो अझै बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याएर देशभक्ति भाब लाई स्थापित गर्नु अनि जनताका समग्र समस्या समाधान गराउने क्रममा मुख्यतः तपाईंलाई सफलता मिल्नेछ । तपाईंको हार्दिकता सहितको सरलता अनि कर्तव्य प्रतिको दृढता नेपाली राजनीतिमा आज सबैलाई अनुसरण गर्न योग्य बनेको छ । जय, नेकपा ( एकीकृत समाजवादी)

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...