कलैयामा बोक्सीको आरोपमा एक महिला अस्पतालको ओछ्यानमा

  • साउन ३२, २०७८
  • ५८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता । कलैया, बारा। बोक्सीको आरोपमा एक महिला  होस्पिटलको ओछ्यानमा उपचार गराउन बाध्य भएकि छिन्। पिडित मालती देवी महतोको भनाइ अनुसार उनकी आफ्नै घरपरिवारका आइमाइहरु मिलि घरमा थुनेर कुटपिट गरि घाइते तुल्याएको उनको आरोप रहेको छ। घाइते महतो लाइ बोक्सी भनि मलमुत्र खुवाउने प्रयासमा झडप हुदा चनरदेव महतोको आफ्नै जेठो तथा कान्छो भाइको श्रीमतीले मालती महतो लाइ काम गर्ने क्रममा सबै नजा मिलि निर्घात कुटपिट गरि घाइते तुल्याएकोमा सिम्रौनगढ़ नगर अस्पतालमा उपचार गराउदा निको नभएकोले उक्त अस्पतालले बीरगंज नारायणी उप क्षेत्रीय अस्पतालमा रेफर भइ उपचाररत रहेकी छिन। घाइते मध्ये ५० वर्षीय मालती देवी र उनकी २० वर्षीय छोरी अन्जली कुमारीको बाया हात था पेटमा बढी चोट लागेको पिडित महतोको भनाइ रहेको छ। उक्त घटना गत २८ गते बिहिवारको साझ करिब ६ बजे पछिको रहेको छ। यो घटना बाराको पचरौता नगरपालिका वडा न. ५ बेल्दारिको रहेको छ। महतोको भनाइ अनुसार वडा अध्यक्ष लक्ष्मी यादवको इशारामा उक्त घटना भएको हो, तर वडा अध्यक्ष यादव संग बुझ्दा मेरो नाम बदनाम मात्र गरेको बताए । अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय तथा मालपोत कार्यालयमा साझ ६ बजे सम्म थिए त्यसकारण त्यसको बारेमा मलाइ केहि थाहा नभएको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...