तपाईंको मास्क खै’ अभियान, जनचेतनाको अभाव छ: सिडियो कणेल

  • साउन २४, २०७८
  • ११९८ पटक पढिएको
alt

 सिरहा । लकडाउन खुकुलो भएपनि कोभिड–१९ को जोखिम झन बढेको भन्दै सिरहामा प्रहरीले मास्क अभियान थालेको छ ।

मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई गराउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाको अगुवाईमा ’तपाईको मास्क खै’ अभियान सुरु गरेको हो । प्रहरीले सिरहा सदरमुकाम,लहान,मिर्चैया,गोलवजार,चौहर्वा,धनगढी लगायत आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्दै विना मास्क सिरहा जिल्ला भरि हिडडुल नगर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ । सदरमुकामलगायत मुख्य सडकखण्ड र बजार क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी, र स्थानीय सरोकारवालाको सहकार्यमा प्रहरीले अभियान परिचालन गरेको हो ।

यता जिल्ला प्रशासन कार्यालय सिरहाले पटक पटक निषेधआज्ञा जारी गर्दै कोरोना भाईरसबाट जोेगाई रहदाँ पनि सर्व साधारणमा अज्ञान्ताले संक्रमित थपिदै गईरहेको बखत मास्क लगाउ अभियान जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले बताउनु भयो । उहाँले भने तयारी पुरा छ तर जनचेतनाको अभाव रहेको सिडियो कणेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...