दलित सरोकार मञ्च नेपाल कञ्चनपुरद्धारा २ सय ८२जना विपप्नलाई राहत सामग्री वितरण

  • साउन २४, २०७८
  • ३६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रोहित कुमार मण्डल सप्तरी (कुशहा ) २३ श्रावण । विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले नियन्त्रण तथा रोकथामका लागि गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्यालामजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका, –५ बनिगामा तथा कुशहाका २ सय ८२ जनालाई दलित सरोकार मञ्च नेपाल कञ्चनपुर सप्तरीले एक कार्यक्रम बिच राहत सामग्री वितरण गरेको छ । त्श्इ ऋजष् ऋजबचष्तथ ँगलमबतष्यल, त्बष्धबल को सहयोग र दलित सरोकार मञ्च नेपाल कञ्चनपुर सप्तरीको आयोजनामा सप्तरीको कुशहा –५ स्थित रहेको मसिलाल जनता माध्यमिक बिधालयमा आयोजना गरेको राहत सामग्री वितरण कार्यक्रममा दलित सरोकार मञ्च नेपाल कञ्चनपुर सप्तरीका जिल्ला संयोजक राज कुमार पासवान तथा सुरुङ्गा नगर पालिका,– ५ का वडा अध्यक्ष अरहुल पासवानको अगुवाई र सुरुङ्गा नगर पालिकाका उप– नगर प्रमुख बिन्दा कुमारी पासवानको सभाअध्यक्षतामा कुशहा तथा बनिगामाका २ सय ८२ जना दलित परिवारका घरधुरी राहत सामग्री वितरण गरेको समाजसेवी दिलिप पासवानले जानकारी दिनुभयो । राहत सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष अरहुल पासवानले भने – आफु गरिबको हकहितमा सदैब कार्य गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । लामो समयको लकडाउनका कारण दैनिक रुपमाज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित तथाअतिविपप्न घरपरिवारका लागि राहत सामग्री स्वरुप चामल २५ केजी., दाल १ केजी,चिनी १ केजी, खाने तेल १ लिटर,चना १ केजी हाथ धुने साबुन ४ पिस, नुन १ प्याकेट लगायतका सामग्री वितरण गरेका छन् । राहत सामग्री पाएपछि यहाँका गरिब तथा विप्पन परिवार खुशिले गदगदभएका छन् ।

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...