पश्चिम नवलपरासीमा १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जना पक्राउ

  • श्रावण १८, २०७८
  • ३२८ पटक पढिएको
  • उर्मिला यादव यात्री
alt

उर्मिला यादव यात्री साउन १८ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसार बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित परासी - नारायण चोक हुलाकी सडक खण्डमा लु १६ प ३७२९ नम्बरको मोटरसाईकललाई शंका लागेर रोकेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षिय योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने बर्ष २७ को समिर खान रहेका छ्न । पक्राउ परेका यादव र खानको साथबाट भारतिय २ हजारका २०७ थान नोट (४ लाख १४ हजार भा.रु.), भारतिय ५ सयका ९७२ थान नोट ( ४ लाख ८६ हजार भा.रु.) गरी ९ लाख भारतिय रुपैया साथै नेपाली १ हजारका १ हजार ६९ थान नोट (१० लाख ६९ हजार रुपैयाँ) र ५ सयका १५ सय ६२ थान नोट ( ७ लाख ८१ हजार रुपैयाँ) गरी १८ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादव र खानले उक्त रकमको श्रोत खुलाउन नसकेकाले उक्त रकम शंकास्पद रहेको कारण दुबै जनाको साथमा फेला परेको रकम, निजहरुले प्रयोग गरेको मोटरसाईकल सहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ । बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासी ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...