सिरहाको पतारिमा एक महिलाको शंकास्पद मृत्यु

  • साउन १४, २०७८
  • ६२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

शम्भु चौधरी १४ असार सिरहा । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर ५ खरुकियाही बस्ने २४ बर्षिय जहिरन खातुनको मृत्यु शंकास्पद भएको रहस्य खुलेको छ । २०७८ साउन ९ गते रातीमा खातुनको हत्या भएको भन्दै माईतीपक्षले पत्रकार सम्मेलन मार्फत बताएका छन । ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका अनुसार पक्राउ पर्नेमा खातुनकी श्रीमान रहमत अन्सारी, ससुरा मो. वकिल मिया र जेठाजु जब्बार अन्सारी रहेको छ । दहेजको बिषयमा ससुराल पक्षले छोरीलाई पटक पटक मानसिक र शारीरिक यातना दिईरहेको मृतक खातुन कि वुवा सिरहा अर्नामा गाउँपालिका वडा नम्बर १ बस्ने महम्मुद अन्सारीले बताए । घटनाको प्रकृति हेर्दा ससुराल पक्षद्वारा छोरीलाई घाँटी थिचेर हत्या गरिएको हुनसक्ने उनले दाबी गरेका छन । यता जसपाका महिला नेतृ ललिता दासले खातुनको हत्या भएको पुष्टि भएमा दोसिलाई कडा भन्दा कडा कर्वाही गर्न सम्बन्धित निकायसंग माग गरेकी छिन । हामी अनुसन्धानको क्रममा छौ , दुई तीन दिन भित्र मृतक खातुनको पोष्टमर्टम रिपोर्ट आए पछि हामी केही भन्न सकिने र जाहेरीको आधारमा तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरीक्षक बिरेन्द्र घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...