सिरहाको पतारी पोखरीको सौन्दर्य फेरे पनि काम अधुरो

  • श्रावण १४, २०७८
  • २८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा साउन,१४ बिहीबार ।सिरहाको लक्ष्मीपुर - पतारी गाउँपालिका कार्यालयको अगाडि रहेको विश्व प्रसिद्ध पतारी पोखरीको केही सौन्दर्य फेरिएता पनि कामकाज अधुरो गरि रोकिएको छ। दुई तिर पुर्व,पश्चिममा मात्र केही काम भएको हो , दुई तिर काम बाँकी नै रहेको हो । वैशाख १ गते नयाँ वर्षको दिन फुलबारी र त्यसकै भोलिपल्ट अर्थात वैशाख २ गते पतारी मेला हरेक वर्ष लाग्ने गर्दछ। मेला हेर्न आउँनेको र एउटा एेतिहासिक र पर्यटकीय क्षेत्रमा नै चुनौतीपूर्ण देखिएको उक्त पोखरी हो । यस पतारी पोखरीमा निसन्तानले सन्तान प्राप्तिका लागि मेला हेर्न र पोखरीमा डुब्की लाउन आउने गर्छन् । त्यसैले उक्त पतारी पोखरीको महिमा सराहनीय रहेको स्थानीयहरुले भन्नू हुन्छ , बाबा हरसिंह देव जीको मन्दिरलाई सम्वर्धन अनिवार्य हुनुपर्ने देखिन्छ । यता गाउँपालिकाको लक्ष्य सहितको कामकाजमा जोड दिनुपर्ने देखिन्छ । पालिकाको वजेटबाट पतारी पोखरीको चारैतर्फ पुर्व,पश्चिम , उत्तर , दक्षिण पट्टिका ठाउँ खाली गराएता पनि सौन्दर्य मान्छेको मन भित्र मात्र । चारै तिर राखिएका पसल, टहरा हटाएता पनि सौन्दर्यतामा केही फरक रहेको छैन । सौन्दर्य र सौन्दर्यता एउटा आफैमा गर्वाम्वित हुन्छ । सौन्दर्य हेर्नेको आँखा नजरमा हुन्छ , सिरहाको पवित्र पावन भुमि पतारीलाई यथाशीध्र पर्यटकीय क्षेत्र बनाउन पालिका कार्यालय हुनुपर्ने देखिन्छ । ठेक्कदारले निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने स्थानीयको जोडदार मांग छ। यदि पालिकाले दीर्घकालीन सौन्दर्यलाई फोक्स् गर्ने उदेश्य लाई पूरा गर्न फेरि पनि अधुरो कामलाई निरन्तरता दिनुपर्ने स्थानीय अशोक यादवले बताए । पालिकाले लिइएका जनता सँग वाचा पूरा गर्न " उज्ज्वल भविष्य सुनिश्चित गर्न; सबैको साथ " नारा राखे पनि नाराको खासै औचित्य रहेको छैन ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...