बेटी पढाउ, बेटी बचाउ कार्यक्रम प्रभावकारीः जसपा नेता अजिरमान थापा

  • श्रावण ७, २०७८
  • ३७१ पटक पढिएको
  • pradesh Times
alt

 जनता समाजवादी पार्टी(जसपा) नेपालका केन्द्रीय सदस्य अजिरमान थापाले प्रदेश नम्बर २ सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम निक्कै प्रभावकारी रहेको बताएका छन् । समाजमा छोरा र छोरी बीच रहेको व्याप्त असमान खाडललाई समानतामा ल्याउन प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल बितरण कार्यक्रमले निकै नै सहयोग पुरयाईरहेको नेता थापाले बताए । प्रदेश नम्बर २ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरद्वारा संचालित बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती मावि जम्दहका कक्षा ८मा अध्ययनरत् छात्राहरुलाई साइकल वितरण कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नेता थापाले यस्तो बताए । नेता थापाले भने, प्रदेश सरकारको यस कार्यक्रमबाट छात्राहरूको मनोबल उच्च भई शिक्षा प्रतिको रुची बढ्दै गरेकोले समाजमा सकारात्मक परिवर्तन ल्याउने भएकोले प्रदेश सरकारको यो कार्यक्रम प्रशंसनीय रहेको छ । म पनि यसै विद्यालयबाट पढेका विद्यार्थी भएकोले विद्यालय विकासको लागि हरदम तम्तयार रहेको र अरु विद्यालयहरूको तुलनामा यो विद्यालय निकै नै फडको मारिसकेकोे बताए । त्यस्तै साइकल वितरण कार्यक्रमको विशिष्ट अतिथि जसपाका केन्द्रीय अनुशासन आयोगका सदस्य डा. जयनारायण यादवले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको प्रशंसा गर्दै भने, सामाजिक रूपान्तरणमा जम्दह समुदाय जागरुक समुदाय रहेकोले विकासको काममा सबैको सामूहिक भावना रहेकै कारण दक्षिणी भन्दा उत्तरी भेग अगाडि बढेको बताए । यस समुदायको अग्रज ब्यक्तित्वहरु स्व. दानी थापा, एमकुमार लामा, अजिरमान थापा, पुष्पलाल पाख्रिन लगायतले देखाएको बाटोमा समुदाय हिडन सकेकोले शिक्षा, स्वास्थ्य लगायत विकासको अन्य कार्यमा जम्दह अगाडि रहेको बताए । नेता डा.यादवले बोल्दै भन,े देशमा मधेस विद्रोह, मधेश जनान्दोलन लगायतका विभिन्न आन्दोलनहरू पश्चात मुलुकले जुन गति लिनुपर्ने थियो त्यो लिन सकेनन् । संघीय सरकारको एउटा मन्त्रालयमा भएको बजेट भन्दा पनि न्यून बजेट पुरै प्रदेशको बजेट रहेकोले पनि विकासको गति लिन नसकेको बताए । संघीय सरकारले अझ पनि प्रदेश सरकारलाई अंकुश लगाएकै कारण प्रदेश सरकारलाई काम गर्न असहज भएको नेता डा.यादवले बताए । गोलबजार नगरपालिकामै सरस्वती माविको अलग पहिचान रहेको र विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पढाई हुने गरेको, बाली विज्ञान समेतको पढाइ भइरहेको बताए । कार्यक्रममा जसपा नेपालका युवा नेता सकलदेव यादव, जसपा गोलबजार नगर अध्यक्ष संजीब यादव, नेता बिन्दु साह, ईन्द्रदेब साह लगायत विद्यालयका शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोलबजार नपा ३ नम्बर वडाका वडाध्यक्ष धनप्रसाद लामाले गरेको थियो भने स्वागत मनतब्य बिद्यालयका प्रअ संजीब कुमार साह र संचालन शिक्षक विजय लामाले गरेकोे थियो । कक्षा ८मा पढ्ने ४८ जना छात्रालाई साइकल वितरण गरेको प्रअ साहलें बताए ।

प्रतिक्रिया दिनुहोस

अस्पतालको स्तरोन्नति ...

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तर ...

बिराटनगरमा होलिमिलन ...

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभ ...

स्रोत नखुलेको रुपैया ...

प्रदेश टाइम्स / सिरहा । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाको लहान बाट एकजना पक्राउ परेका छन् । प ...