स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठाको सहयोगमा २५ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण

  • श्रावण ५, २०७८
  • ३८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा  लहान ,श्रावण५मंगलबार । एपलो ॐ माध्यमिक विद्यालयका फाउन्डर तथा सामाजिक अभियन्ता महेश चौधरी आज आफ्नै निज निवास लहान -७ मा २५ जना महिलाहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान ७ को सहयोगमा लहान नगरपालिका वडा नम्बर १ , ३ र ४ का २५ जना मरिक घर परिवारलाई १० किलो चामल , १ किलो नुन,१ किलो खाने तेल , र १ पिस साडी वितरण गरेका हुन। अभियन्ता चौधरी आफ्ना स्वर्गीय श्रीमती संगिता कर्माचार्यको सम्झना र ४५ औं दिनको पुण्यतिथिलाई अवसर पारी खाद्यान्न वितरण कार्यक्रम गरेका हुन। अभियन्ता महेश चौधरी समाजमा आफ्ना छुट्टै पहिचान बनाएको देखिन्छ । वहाँले गरिदै आएका कामहरु र सहयोगको भावनालाई चौतर्फी प्रशंसा समेत भइरहेको छ। खाद्यान्न सामाग्री वितरण र सामाजमा सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको र दिने प्रतिवद्धता दिदै कार्यक्रम सम्पन्न गरेका छन।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...