प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ , विपक्षमा ८३

  • साउन ४, २०७८
  • ७५३ पटक पढिएको
alt

काठमाडौँ, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा आज बेलुकी भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विपक्षमा ८३ मत र मत दिन्न भन्नेमा १ परेको थियो । मतदानमा २४९ जना सदस्य सहभागी थिए ।

सर्वोच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । धारा ७६ (६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार देउवाले आज प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभामा सरकारले विश्वासको मत प्राप्त गर्न १३६ सांसदको समर्थन चाहिन्थ्यो । जसपाको महन्थ ठाकुर (१३ जना सांसद समूह) समेत देउवालाई विश्वासको मत दिन तयार भएका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...