भारतीय सञ्चार माध्यमका अनुसार सेनाले अलकायदाको ठुलो आतंकी योजनाको पर्दाफास गरे

  • असार २७, २०७८
  • ३३४ पटक पढिएको
  • एजेन्सी
alt

एजेन्सी। आइतबार बिहानबाटै भारतको उत्तर प्रदेशस्थित लखनउको काकोरीमा आतंकवादविरुद्ध सेनाले अपरेसन चलाइरहेको छ।

पछिल्लो सात घण्टामा सेनाले काकोरी इलाकामा छापा मारेर दुई अलकायदाका आतंकवादीलाई पक्राउ गरेको छ।

पाँच आतंकवादी भने अहिले पनि फरार छन्। साथै, सेनाले दुई सुटकेस बारुद समेत बरामद गरेको छ भने कुकर बम तथा टाइम बम पनि फेला पारेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार सेनाले अलकायदाको ठुलो आतंकी योजनाको पर्दाफास गरेको छ। फरार आतंकवादीको सेनाले खोजी तिब्र पारेको छ। सेनाले शंकास्पद स्थानमा अहिले पनि छापा मारिरहेको छ।

प्राप्त सूचनाका अनुसार सेनाले भारी फोर्सको साथमा काकोरी इलाकामा सर्च अभियान चलाइरहेको छ। पक्राउ परेका दुई आतंकवादीसँग अहिले सोधपुछको काम भइरहेको छ। पक्राउ परेका दूई आतंकवादी मध्ये एकको नाम शाहिद रहेको बताइएको छ।

नेपालको सीमासँग जोडिएको भारतको उत्तर प्रदेश प्रान्तमा यसरी आतंकवादीको घुसपैठले नेपालमा समेत सुरक्षा चुनौती बढेको छ। भारतको बाटो हुँदै नेपालमा पनि अलकायदाका आतंकवादी छिर्न सक्ने भएकोले सीमामा सतर्कता अपनाउन जरुरी रहेको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...