नेपाल टेलिकमको सर्भर ह्याक गरी चिनियाँ ह्याकरले चोरे डेटा

  • असार २७, २०७८
  • २४७ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं । चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर अट्याक्ट’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा यस्तो आक्रमण गरी सबै नेपाली नेपाली प्रयोगकर्ताको कल डिटेल चोरिसमेत गरेका छन् ।

दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपालीहरुको सबै कल डिटेल चोरी गरेका हुन् । प्राविधिक विज्ञहरुका अनुसार ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेका छन् ।

ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको समेत पाइएको छ । जसमा ले गत जुन २९ मा नै टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...