थाइल्यान्डमा कोरोनाविरुद्धको चिनियाँ खोप सिनोभ्याकको प्रभावकारीता माथि प्रश्‍न

  • असार २५, २०७८
  • ४५० पटक पढिएको
  • प्रदेश टाईम्स
alt

काठमाडौं ।  स्वास्थ्य मन्त्रालयको एक लिक भएको कागजातले थाइल्याण्डमा कोभिड- १९ संक्रमितका लगाइने कोरोनाविरुद्धको चिनियाँ खोपको प्रभावकारितमाथि प्रश्‍नहरु उठ्न थालेका छन् ।

खोप लगाएकाहरुलाई एमआरएनए खोपको बुस्टर दिन भनिएको छ । यस्तो कदमले चीनको सिनोभ्याक बायोटेकको खोपमा जनताको विश्वासलाई कम गर्न सक्छ भन्ने टिप्पणी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको आन्तरिक मेमोमा विभिन्‍न बुस्टरहरु प्रयोग गर्नुपर्ने उल्लेख गरिएको थियो । यो थाई स्वास्थ्य मन्त्री अनुटिन चर्नवीराकुलले प्रमाणिक भएको भनेर पुष्टि गरेका छन् । यसमा एक अधिकारीको फ्रन्टलाइनर स्वास्थयकर्मीहरुलाई फाइजर-बायोटेकको खोप लगाउन भनिएको थियो भने सर्वसाधरणालाई सिनोभ्याक खोप लगाउन भनिएको बताएका छन् । उनले आफ्नो नाम भने खुलाउन चाहेनन् ।

यस कदमले “सिनोभ्याक खोप प्रभावकारी छैन भनेर स्वीकार गरिएको उनको दाबी छ । थाइल्यान्डले अधिकांश स्वास्थ्यकर्मीहरूलाई सिनोभ्याक खोप दिइएको छैन । विश्वमा कम प्रभावकारी भएको भनिएको सिनोभ्याक खोपको दुई डोज लगाउँदा पनि ५० प्रतिशतमात्रै प्रभावकारी हुने अध्ययनले देखाएको थियो ।

थाइल्यान्डको मन्त्रायलयबाट लिक भएको डकुमेन्टमा सिनोभ्याक खोप लगाएका स्वास्थ्यकर्मीहरूलाई फाइजर-बायोटेक बुस्टर शट दिनका लागि शीर्ष मेडिकल काउन्सिलका अधिकारीले आह्वान गरेका छन् । यसअघि खोप लगाइसकेका व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो ।

त्यसकारण सिनोभ्याक खोपको प्रभावकारितामाथिको विश्‍वास कमजोर बन्दै गएको छ । विश्वका धेरै मुलुकहरुले सिनोभ्याक खोप लगाउन पनि मानिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...