सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश पनि गरेन

  • असार २३, २०७८
  • २७४ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं । सिंगापुरले चिनियाँ भ्याक्सीनलाई मान्यता नदिने भएको छ। सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश पनि गरिने छैन। त्यहाँको स्वास्थ्य मन्त्रालयले चिनियाँ भ्याक्सीन सिनोवाक-कोरोनाभ्याक्स खोपलाई मान्यता नदिइएकोले सो खोप लिने व्यक्तिहरूको संख्या राष्ट्रिय खोप गणनामा समावेश नगरिने जनाएको छ।

मन्त्रालयका एक कर्मचारीले भने,’मोर्डेना र फाइजरका खोप लिएका ब्यक्तिहरुको मात्र खोप लिएको संख्यामा गणना हुन्छ।’

मन्त्रालयको वेवसाइटका अनुसार हालसम्म लगभग २२ लाखले मोर्डेना वा फाइजरका दुबै डोज खोप लगाएका छन् भने ३६ लाखले मोर्डेना वा फाइजरको पहिलो डोज लिएका छन्। लगभग १७ हजार मानिसहरुले भने सिनोवाक खोप लिएका छन्।

सिंगापुरमा जुन १८ मा केही निजी स्वास्थ केन्द्रहरुले सिनोवाक खोप दिएको थियो । यद्यपि नियामक निकायले त्यस खोपलाई अझै अनुमोदन गरेको छैन।

फाइजर र मोर्डेनाको खोप गम्भीर बिरामीलाई निको पार्न र मृत्युलाई रोक्न अधिक प्रभावकारी रहेको र भाइरस फैलनबाट रोक्न समेत प्रभावकारी भूमिका खेल्ने सिंगापुर प्रशासनको अनुसन्धानले देखाएको छ।

चिनिया खोपले भने गम्भीर बिरामीको नियन्त्रण र मृत्युलाई रोक्न प्रभावकारी नरहेको तथ भाइरस फैलनबाट पनि रोक्न नसक्ने सो अनुसन्धानले देखाएको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...