बाढीका कारण भाँसिएको सिराहा-धनुषा कमला पुल निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने

  • असार २२, २०७८
  • २६० पटक पढिएको
  • Vijay Singh
alt

हस्तान्तरणको ५ वर्षसम्म मर्मतको जिम्मा निर्माण कम्पनीकै

काठमाडौं  ।  बाढीले भासिएको धनुषा र सिराहाको सीमानामा बनिरहेको कमला नदीमाथिको पुलमा निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्ने भएको छ ।
भर्खरै निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको हुलाकी राजमार्ग अन्तर्गत कमला पुलको केही दिनअघि आएको बाढीका कारण भाँसिएको हो ।

भाँसिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने पत्र हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई समेत पठाइसकेको निर्माण कम्पनीले बताएको छ । भासिएको खण्डको बीमा गरिएको कम्पनीले बताएको छ ।

यो पुलको ५ वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बेहोर्नुपर्ने शर्त भएकाले यसबाट सरकारलाई नोकसानी नहुने सडक विभागका अधिकारीहरुको भनाइ छ ।

हुलाकी सकड निर्देशनालय योजना कार्यालय जनकपुरमा प्रमुख कृष्णकुमार महतोका अनुसार पुल हस्तान्तरण भइुसकेपछि पनि ५ वर्षसम्म कुनै प्रकारको क्षति भएमा मर्मतको जिम्मा निर्माण कम्पनीकै हुन्छ ।

पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको छ । अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानीको सतह बढेको सडक विभागका प्राविधिकहरुले बताएका छन् ।

सञ्चालन नुहँदै पुलको पिलर भासिएको हो । पुल यही असारभित्र निर्माण गरिसक्नु पर्ने थियो । बाढी कारण पानीको सतह बढ्दा पुल भाँसिएको विज्ञहरुको भनाइछ।

पप्पु र लुम्बिनी विल्डर्सले ठेक्का पाएको पुलको निर्माणको काम लुम्बिनी विल्डर्सले गरिरहेको छ । ४ सय ७० मिटर लामो पुल निर्माणको जिम्मा गत २०६८ सालमा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...