सिमाक्षेत्रको कारोबार सक्रिय पार्न व्यापारीहरुको जमघट

  • भदौ १७, २०७६
  • २०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

१७ भदौ । नेपाल भारत सिमाक्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न प्रहरी सक्रिय भएपछि तस्करहरुलाई छटपट्हाट हुन थालेको छ । तेस्रो मुलुकको मालसमान नेपालबाट भारत र भारतबाट भन्सार छली गरी विभिन्न उत्पादन नेपाल भित्रिदै आएको थियो । नेपालबाट तेस्रो मुलुकको मरिच, स्याउ, मटर, लहसुन र भारतीय कम्पनीकै नेपालमा उत्पादन हुने फेयर एण्ड लव्ली अवैद्य रुपमा भारत निर्यात गर्दै आएका थिए । यो सँगै विहारमा प्रतिबन्ध रहेको रक्सी नेपालबाट पठाउँने गरेको थियो । भारतबाट कपडा, इलेक्ट्रोनिक्स समान, किराना समानलगायत विभिन्न उत्पादन भन्सार छली गरी नेपाल भित्रियाउँदै आएको थियो । करिब चार महिनादेखि सिरहाका पत्रकारहरुले ‘मिशन बोर्डर’ लेख्दै आएपछि प्रहरीको निगरानी कडा हुन थालेको छ । प्रहरीको सक्रियता यसअघि पनि कसिलो नै रहेको दावी छ । प्रहरीको निगरानी बढेपछि हालसम्म करोडौको अवैद्य मालसमान बरामद गरी भन्सारमा बुझाएको छ । यता, हालै आएका सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले सिमाक्षेत्रमा झन कडा गर्न थालेपछि लहानका एक नामुद व्यापारी प्रदेश २ का प्रहरीमा गुहार गरेको खुलासा भएको छ । प्रदेश २ का उच्च प्रहरीले समेत यस्ता कारोबारमा सहयोग नगर्ने भएको जानकारीमा आएको छ । सिमाक्षेत्रमा प्रहरीले कडाई बढाएपछि भदौ १४ गते सिरहाभरीका नामुद व्यापारी र हुलाकीमार्गमा पर्ने पालिका जनप्रतिनिधिहरुको भेला लहानमा गरेको छ । गोधुली होटलमा गरिएको सो भेलाको आयोजना जिल्ला उद्योग वाणिज्य सँघ लहानले गरिदिएको जानकारीमा आएको छ । सिमाक्षेत्रमा कारोबार गर्ने व्यापारीहरुले सो भेलामा दशैं तिहारसम्मको लागि खुला गरिदिन प्रहरीलाई दवाव दिने छलफल गरेको छ । समाजिक सँजालमा सो बैठकको फोटो राख्दै एक व्यापारीले सिरहाको दक्षिण सिमा क्षेत्रका व्यावसायीले भोग्नु परेको समस्यावारे प्रदेश साँसद, पालिका प्रमुख, स्थानीय सँघसँस्था र व्यावसायीहरुसँग छलफल भने उल्लेख गरेको छ ।  नेपाल भारत सिमाक्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न प्रहरी सक्रिय भएपछि तस्करहरुलाई छटपट्हाट हुन थालेको छ । तेस्रो मुलुकको मालसमान नेपालबाट भारत र भारतबाट भन्सार छली गरी विभिन्न उत्पादन नेपाल भित्रिदै आएको थियो । नेपालबाट तेस्रो मुलुकको मरिच, स्याउ, मटर, लहसुन र भारतीय कम्पनीकै नेपालमा उत्पादन हुने फेयर एण्ड लव्ली अवैद्य रुपमा भारत निर्यात गर्दै आएका थिए । यो सँगै विहारमा प्रतिबन्ध रहेको रक्सी नेपालबाट पठाउँने गरेको थियो । भारतबाट कपडा, इलेक्ट्रोनिक्स समान, किराना समानलगायत विभिन्न उत्पादन भन्सार छली गरी नेपाल भित्रियाउँदै आएको थियो । करिब चार महिनादेखि सिरहाका पत्रकारहरुले ‘मिशन बोर्डर’ लेख्दै आएपछि प्रहरीको निगरानी कडा हुन थालेको छ । प्रहरीको सक्रियता यसअघि पनि कसिलो नै रहेको दावी छ । प्रहरीको निगरानी बढेपछि हालसम्म करोडौको अवैद्य मालसमान बरामद गरी भन्सारमा बुझाएको छ । यता, हालै आएका सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले सिमाक्षेत्रमा झन कडा गर्न थालेपछि लहानका एक नामुद व्यापारी प्रदेश २ का प्रहरीमा गुहार गरेको खुलासा भएको छ । प्रदेश २ का उच्च प्रहरीले समेत यस्ता कारोबारमा सहयोग नगर्ने भएको जानकारीमा आएको छ । सिमाक्षेत्रमा प्रहरीले कडाई बढाएपछि भदौ १४ गते सिरहाभरीका नामुद व्यापारी र हुलाकीमार्गमा पर्ने पालिका जनप्रतिनिधिहरुको भेला लहानमा गरेको छ । गोधुली होटलमा गरिएको सो भेलाको आयोजना जिल्ला उद्योग वाणिज्य सँघ लहानले गरिदिएको जानकारीमा आएको छ । सिमाक्षेत्रमा कारोबार गर्ने व्यापारीहरुले सो भेलामा दशैं तिहारसम्मको लागि खुला गरिदिन प्रहरीलाई दवाव दिने छलफल गरेको छ । समाजिक सँजालमा सो बैठकको फोटो राख्दै एक व्यापारीले सिरहाको दक्षिण सिमा क्षेत्रका व्यावसायीले भोग्नु परेको समस्यावारे प्रदेश साँसद, पालिका प्रमुख, स्थानीय सँघसँस्था र व्यावसायीहरुसँग छलफल भने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...