बिदालय भवन प्रबलिकरणको लागि आएको बजेटमा बिष्णुपुर गापा अध्यक्षको मनोमानी

  • असार १५, २०७८
  • २०६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 राम पुकार यादव,१५ असार /सिरहा बिदालय भबन भुकम्पीय सुरक्षा कार्यक्रम अन्तर्गत बिदालय भवन प्रबलिकरणको लागि आएको बजेटमा मनोमानी गरेको छ।बिदालय क्षेत्र बिकास कार्यक्रम एसएसडिपी केन्द्र स्तर बाट हस्तान्तरण भै संलग्न सुचिमा परेको बिष्णुपुर गाउँपालिका वाडा न २ स्थित श्री जनता माध्यमिक बिदालय राजपुरको बजेटमा मनोमानी गरेको हो। शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले बिदालय भबन प्रबलिकरण्को लागि माँगेको प्रस्ताबना अनुसार गाउँपालिका स्थित प्राबिधिकहरु जमाबी राजपुरको नाप नक्सा गरि प्रस्ताबना पेश गरेका थिए ।शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले सोही अनुसार बिष्णुपुर गाउँपालिका वडा न २ स्थित जमाबी राजपुरलाइ पनि यश कार्यक्रम अन्तर्गत सुचिमा समाबेश गरि प्रबलिकरणको लागि १५ लाख रुपैया हस्तान्तरण गरेका थिए।20210629_002307 तर यता बिष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादबले भने वडा न २ राजपुर मा .बि .को रकम काटेर वडा न ३ अधारभुत बिदालय राजोखरमा लगाएपछि गापा अध्यक्षको मनोमानी भएको स्थानीयहरुको बुझाइ छ। बिदालय भवन प्रबलिकरणको सुचिमा संलग्न श्री ज मा बि राजपुरको बजेटमा मनोमानी भएकोले अधिकार बाट नै बंचित भएको शिक्षक हरु गुनासो पोखेका छन। शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले असार ४ मा 20210629_002331 बिदालय प्रबलिअकरण कार्य केन्द्र बाट तयार गरेको डिजाइन ,ड्रईङ तथा लागत अनुमान अनुसार सुचारु गर्न पत्राचार गरि रहदा यता वडा न २ ज मा बि राजपुरको बजेट आफ्नै घर स्कुल वडा न ३ अधारभुत बिदालय राजोखरमा गापा अध्यक्ष जागेश्वर यादवले सारिएको छ।जनता माध्यमिक बिदालय राजपुर मा आएको बजेट अधिकार नपुग्दै अध्यक्षले अन्त्यै सारिए पछि समुदामा खैलाबैला मचेको छ। यति खेर राजपुरको काम राजोखरमा हुुँदै छ। के पैसा सजिलै निकाल्न सकिन्छ?

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...