प्रधानमंत्री रोजगार कार्यक्रम अन्तर्गत कृष्णनगरका पोखरी सर सफाई गरिदै कृष्णनगर

  • असार १४, २०७८
  • ८७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्रा कपिलवस्तु /कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर ( नगरपालिका भवन पछाडि) अवस्थित पोखरी को वृहत सर सफाई प्रधानमंत्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ । यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदूपयोग भई आय आर्जन र रोजगारी वृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ । लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सर सफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् । चालु आर्थिक बर्ष २०७७/७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू संचालनमा रहेका छन् । सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई तथा सडक सुधार, पोखरीको संरक्षण लगायत अन्य कार्यक्रम लाई प्राथमिकता दिई संचालन गरिएको र नगरप्रमुख लगायत अन्य जनप्रतिनिधिले अक्त कार्यको प्रशंसा समेत गरेको कृष्णनगर नगरपालिका रोजगार संयोजक इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...