प्रधानमंत्री रोजगार कार्यक्रम अन्तर्गत कृष्णनगरका पोखरी सर सफाई गरिदै कृष्णनगर

  • असार १४, २०७८
  • ७३४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्रा कपिलवस्तु /कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर ( नगरपालिका भवन पछाडि) अवस्थित पोखरी को वृहत सर सफाई प्रधानमंत्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ । यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदूपयोग भई आय आर्जन र रोजगारी वृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ । लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सर सफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् । चालु आर्थिक बर्ष २०७७/७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू संचालनमा रहेका छन् । सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई तथा सडक सुधार, पोखरीको संरक्षण लगायत अन्य कार्यक्रम लाई प्राथमिकता दिई संचालन गरिएको र नगरप्रमुख लगायत अन्य जनप्रतिनिधिले अक्त कार्यको प्रशंसा समेत गरेको कृष्णनगर नगरपालिका रोजगार संयोजक इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...