पशुले बिरुवा खाएपछि मानिसमाथी ज्यान मार्ने उद्योग मुद्दा ,खारेज नभए संघर्षमा उत्रीने जसपा गोलबजारको चेतावनी

  • असार १२, २०७८
  • ९२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सम्बाददाता गोलबजार, ११ असार, २०७८ सिरहाको गोलबजारमा पशु जनावर बाख्राले आँपको बिरुवा खाएपछि मानिस माथी ज्यान मार्ने उधोग मुद्दा  दर्ता गराएका छन। बाख्राले बिरुवा खाएपछिभएको सामान्य झगडामा ज्यान मार्ने उधोग मुद्दा चलाएका छन् । गोलबजार नगरपालिका ८ चोहर्वामा बिरुवा खाएको विषयमा बसेको समाजिक छलफलमै आफन्त आफन्तै महिला महिलाबीच भएको सामान्य झगडामा गोलबजार ८ बस्ने रामपरीक्षण यादव र उसैको भाई रामदयाल यादवमाथि इलाका प्रहरी कार्यालय गोलबजारले ज्यान मार्ने उधोग मुद्दा दर्ता गराई अनुसनधानकोलागि गोलबजार प्रहरीको हिरासतमा राखिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल गोलबजार नगरसमितिले पत्रकार सम्मेलन गरी जनाए छन् । सामान्य सामान्य झगडा कसरी ज्यानमार्ने तिर गयो भने प्रश्नमा जसपा गोलबजार नगरसमिति अध्यक्ष संजीव यादवले भने, स्थानीय प्रहरी प्रशासनले सत्ता, शक्ति, पहुँच एवं आर्थिक चलखेलमापरी राजकुमार यादवको जाहेरीमा रामपरीक्षण यादव र रामदयाल यादवमाथि मुद्दा दर्ता भएको छ । नगर अध्यक्ष यादवले भने, यस प्रकारको सामान्य झगडा नेकपा एमाले ओली समूहका नेता एवं कानूनमन्त्री लिलानाथ श्रेष्ठको दबाबमा ज्यान मार्ने उद्योग मुद्दामा परिणत भएको बताए । उनले भन,े यस प्रकारको सामान्य झगडालाई अतिरन्जित र पदीय दुरुपयोग गरेको प्रति जसपा नेपाल गोलबजार नगरसमिति घोर भर्तस्ना गर्दछ । सामान्य झगडा ज्यान मार्ने उद्योगको मुद्दा बनेपछि स्थानीयहरु आक्रोशित भएको जसपा गोलबजार नगर ससचिव सतिराम यादवले बताए । पत्रकार सम्मेलनमा जसपा नगर अध्यक्ष यादवले भने, जसपा गोलबजार नगर समितिको सदस्य रामपरीक्षण यादव र रामदयाल यादवमाथी लगाइएको मुद्दा खारेजी वा फिर्ता नलिए जसपा नेपाल गोलबजार नगरसमिति चरणवद्ध संघर्षमा उत्रिने बताए । दुइटै पक्षको महिला महिलाबीच भएको सामान्य झैझगडामा रामपरीक्षण र रामदयाल यादवले कसैमाथी कुनै किसिमको प्रहार नगरेको र समाजिक छलफलमा त्यस्तो भाकै छैन । उनी दुई जना माथी लगाइएको मुद्दा सरासर झुठो रहेको र फसाउने नेतले नै दर्ता गराएको छलफलमा सहभागी रामप्रसाद यादवले बताए । नेकपा एमाले ओली समूहले देश बर्बाद गर्नेतिर लागेकै छन् । उसको मन्त्रीले चोहर्वा गाउँ चाडै बर्बाद होस् तिर लम्केको स्थानियहरुको कथन रहेको छ । सामाजिक छलफलकै क्रममा जेठ २४ गते भएको सामान्य झगडामा इलाका प्रहरी कार्यालय गोलबजारले ज्यानमार्ने उद्योग प्रकृतिको घटनै नभएको घटनालाई गोलबजारका प्रहरी प्रमुख इन्स्पेक्टरले कानूनमन्त्री कै दबाबमा ज्यान मार्ने उद्योगको मुद्दा चलाई समाज तहसनहस पार्ने काम भएको छलफलमा सहभागीहरुले बताएका छन् । यिनीहरुलाई ज्यानमार्ने उद्योगमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी इन्स्पेक्टर सन्तोष कुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...