शनिबार र आइतबार जसपाको दुई समूहको निर्णायक दिन

  • जेठ २९, २०७८
  • ३४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२०७८ जेष्ठ २९, शनिबार ,जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो समुह र उपेन्द्र यादव समुहका लागि शनिवार र आइतवार निर्णायक रहनेछ । ठाकुर, महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ललाई पार्टीबाट निष्कासन गरेको यादव समुहले निर्वाचन आयोगमा दर्ता गराएको बहुमत सहितको निर्णयलाई चुनौती दिन ठाकुर–महतो समुहले पाएको सात दिने समयको अन्तिम दुई दिन बाँकी रहेको छ । ठाकुर–महतो समुहले यादवलाई पार्टीबाट निष्कासन गरेको बहुमतको निर्णय निर्वाचन आयोगमा शुक्रवार सम्म बुझाउन सकेको छैन् ।तर उनीहरुले शुक्रवार रातीदेखि नै जसपा कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर गराउन सबै ताकत लगाएका छन् । ‘कार्यकारिणी समितिका सदस्यहरुलाई प्रभावित गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत कयौं शक्ति केन्द्रहरु सकृय छन्’ एकजना सदस्यले भने, राजकिसोर यादवलाई प्रधानमन्त्रीले मन्त्री बनाउनुको कारणपनि त्यै हो । उच्च स्रोतका अनुसार जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भटट्राइ निकटका कार्यकारिणी सदस्यहरुलाई प्रभावितपार्न ठाकुर–महतो समुह लागिपरेका छन् । तराई मधेशका कार्यकारिणी समिति सदस्यहरु हल्लिने संभावना कमजोर देखेपछि सो समुहले भट्टराई समर्थितलाइ आर्थिक प्रलोभनमा पार्न प्रयासरत्त रहेको स्रोतको दावी छ । आइतवार सम्म ठाकुर– महतो समुहले आयोगमा बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउन नसके यादव समुहले गरेको निष्कासनको कार्वाही सदर हुनेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले महन्थ ठाकुरले कार्वाही गरेको निर्णयको प्रतिलिपि शुक्रवार सम्म नआएको बताए ।उनले मागेको समय आइतवार सम्म रहेकाले त्यो दिन बुझाउन सक्ने प्रवक्ता श्रेष्ठले जनाए । ठाकुर समुहले यादवलाई निष्कासन गरेको बहुमतको निर्णय आयोगमा प्रस्तुत गर्न नसके यादव समुहले बहुमत सहित गरेको निर्णयलाई नै मान्यता दिइनेछ ।त्यसो भए जसपाबाट ठाकुर, महतो, कर्ण र शुक्ल बाहिरिने छ । ठाकुर निकट एक सदस्यका अनुसार आयोगको निर्णयलाई अल्झाउन किर्ते भएपनि बहुमत सदस्यको हस्ताक्षर सहितको माइन्युट बुझाउने तयारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...