बहुमत पुर्‍याउन नसकेपछि नयाँ दल दर्ता गर्ने ठाकुर-महतोको तयारी

  • जेठ २९, २०७८
  • ५०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं, २९ जेठ । पार्टीको कार्यकारिणी समितिमा बहुमत जुटाउन असफल भएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ताको गृहकार्यमा जुटेको छ । नयाँ दल दर्ता गर्दा आफ्ना जनप्रतिनिधिहरुको पद गुम्ने डरका बावजुद पनि उनीहरु यो अप्ठेरो विकल्पमा जान बाध्य भएका हुन् । पार्टीभित्र विभिन्न विकल्पमा छलफल भइरहेको भए पनि नयाँ दल दर्ता गर्ने पक्षमा आफूहरु पुगेको जसपाका एक केन्द्रीय सदस्यले जानकारी दिए । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन सकिरहेका छैनन् । अध्यक्ष ठाकुरले हस्ताक्षर बुझाउन नसकेपछि निर्वाचन आयोगसँग मागेको एक हप्ताको समय पनि सकिन लागेको छ । असार २३ गते आयोगले भने अनुसार ठाकुर पक्षले डकुमेन्ट बुझाउन ७ दिनको समय मागेको थियो। ७ दिनको समय आइतबारबाट सकिँदै छ। जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेका छन् । राजकिशोर यादव भने मन्त्री पद पाए पछि विद्रोह गर्नबाट पछि हटेका छन् । ठाकुर निकट स्रोतका अनुसार कार्यकारिणी समितिमा बहुमत जुटाउन नसके ठाकुर पक्षले पुरानो राष्ट्रिय जनता पार्टी ब्युँझाउने तयारी गर्नुपर्ने तर्क पनि बलियो छ । पुरानो राजपा ब्युँझाउन असार २२ सम्म पर्खनु पर्छ। पार्टी एकीकरण भए पछि पुरानो पार्टीको नामबाट एक वर्षसम्म आयोगमा पार्टी दर्ता गर्न नपाउने कानुनमा व्यवस्था छ। २०७७ असार २२ गते जसपा गठन गरिएको औपचारिक जानकारी आयोगलाई गराइएको थियो। त्यसैले असार २२ सम्म पुरानो राजपा दर्ता गर्न ठाकुर पक्षलाई कानुनी रूपमा मिल्दैन। त्यसैले असार २२ सम्म पर्खने, त्यस बेलासम्म जसपामा बहुमत जुटाउन नसके पुरानो राजपा ब्युँझाउनुपर्छ भन्ने दबाव पनि ठाकुर पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...