कृष्ण नगरपालिकामा पत्रकार महासंघको भवन बन्ने

  • जेठ २९, २०७८
  • ३६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु  कृष्णनगर, जेष्ठ २८ नेपाल पत्रकार महासंघको भवनका लागि कृष्णनगर नगरपालिकाले जग्गा दिएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई भवन कृष्णनगर नगरपालिकाको वडा नं.८ मा २ कठ्ठा जग्गा भवन निर्माणका लागी महासंघलाई दिने निर्णय भएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । जिल्लाको कृष्णनगर क्षेत्रका पत्रकारहरुको पहलमा नगरमा आवश्यक सुचना केन्द्र भवन निर्माणका लागि नगरपालिकाले बहादुरगंजमा २ कठ्ठा जग्गा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत विजय कार्किले बताउनु भयो । संचारकर्मीहरूका लागी कृष्णनगर नगरपालिका भित्र भवनकाे अवस्यकता महसुस गरि बहादरगंजमा जग्गा उपलब्ध गराईएकाे नगरपालिकाले जनाएकाे छ । भवन निर्माणमा आगामी बजेटमा वडा बाट रकम समेत विनियोजित गरिने वडा नं ८ का वडा अध्यक्ष नुर मोहम्मद मुसलमान,वडा न. ५ का वडाध्यक्ष जमिल खाँ,वडा न. ६ का वडाध्यक्ष अनुप शुक्ला तथा वडा न. ७ का वडाध्यक्ष राजकिशाेर यादवले बताउनु भयो । त्यस क्षेत्रका पत्रकार मनिष गुप्ता,अंकुश श्रीवस्तवको निरन्तर प्रयासले भवनको लागि जग्गा प्राप्त गर्न सफल भएको महासंघका अध्यक्ष किरणमान बज्रचार्यले बताएका छन । नगरमा करिब १ दर्जन पत्रकार सक्रिय रहेका छन । नेपाल पत्रकार महासंघको कार्यालय सहित नागरिकको पहुँच पुग्ने सुचना केन्द्र तथा लाइव्रेरी सोहि जग्गामा निर्माण गरिने अध्यक्ष किरणमान बज्रचार्यले बताउनु भयो । बहादुरगंजमा निर्माण हुने पत्रकार महासंघको भवनले जिल्लाको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपालिकाका पत्रकार लाभ लिने छन । भवन निर्माणका लागि महासंघका पुर्व अध्यक्ष डिला भुसालकाे पहलमा जग्गा प्रकृया सुरू भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...