कृष्ण नगरपालिकामा पत्रकार महासंघको भवन बन्ने

  • जेठ २९, २०७८
  • ४८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु  कृष्णनगर, जेष्ठ २८ नेपाल पत्रकार महासंघको भवनका लागि कृष्णनगर नगरपालिकाले जग्गा दिएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई भवन कृष्णनगर नगरपालिकाको वडा नं.८ मा २ कठ्ठा जग्गा भवन निर्माणका लागी महासंघलाई दिने निर्णय भएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । जिल्लाको कृष्णनगर क्षेत्रका पत्रकारहरुको पहलमा नगरमा आवश्यक सुचना केन्द्र भवन निर्माणका लागि नगरपालिकाले बहादुरगंजमा २ कठ्ठा जग्गा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत विजय कार्किले बताउनु भयो । संचारकर्मीहरूका लागी कृष्णनगर नगरपालिका भित्र भवनकाे अवस्यकता महसुस गरि बहादरगंजमा जग्गा उपलब्ध गराईएकाे नगरपालिकाले जनाएकाे छ । भवन निर्माणमा आगामी बजेटमा वडा बाट रकम समेत विनियोजित गरिने वडा नं ८ का वडा अध्यक्ष नुर मोहम्मद मुसलमान,वडा न. ५ का वडाध्यक्ष जमिल खाँ,वडा न. ६ का वडाध्यक्ष अनुप शुक्ला तथा वडा न. ७ का वडाध्यक्ष राजकिशाेर यादवले बताउनु भयो । त्यस क्षेत्रका पत्रकार मनिष गुप्ता,अंकुश श्रीवस्तवको निरन्तर प्रयासले भवनको लागि जग्गा प्राप्त गर्न सफल भएको महासंघका अध्यक्ष किरणमान बज्रचार्यले बताएका छन । नगरमा करिब १ दर्जन पत्रकार सक्रिय रहेका छन । नेपाल पत्रकार महासंघको कार्यालय सहित नागरिकको पहुँच पुग्ने सुचना केन्द्र तथा लाइव्रेरी सोहि जग्गामा निर्माण गरिने अध्यक्ष किरणमान बज्रचार्यले बताउनु भयो । बहादुरगंजमा निर्माण हुने पत्रकार महासंघको भवनले जिल्लाको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपालिकाका पत्रकार लाभ लिने छन । भवन निर्माणका लागि महासंघका पुर्व अध्यक्ष डिला भुसालकाे पहलमा जग्गा प्रकृया सुरू भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...