अहिलेको संकट समाधानको लागि संविधानकै परिमार्जन गर्नुपर्छ: नेता साह

  • जेठ २५, २०७८
  • ४७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । पुर्व सहरी विकास मन्त्री प्रभु साहले अहिले उत्पन्न राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी रहेको बताएका छन्।

मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले संविधानको समिक्षाको आवस्यकता औल्याएका हुन्।

संवैधानिक प्रावधानहरु अस्पष्ट भएकोले सबैको फरक बुझाई हुन पुग्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोल चक्करमा फस्दै गएको उनको भनाई छ। उनले संविधानका गलत प्रावधानहरुलाई तत्काल सुधार गर्नुपर्नेना जोड दिएका छ्न।

पुर्वमन्त्री साहले लेखेका छन्, "संविधानको सुधारका लागि गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुंगमा धकेल्नु हो।" उनले थपेका छ्न, "संविधान निर्माणका लागि तक्मा पाएकाहरूले विगतमा गरेका आफ्नो गल्तीप्रति आत्मलोचित हुँदै देशमा बेथिती, अराजकता, अस्थीरता एवम अस्तव्यस्तता र फोहोरी संसदीय खेलको मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष संशोधन अथवा परिमार्जन गर्नुको सट्टा कुनै पनि बहानामा अहिलेको यस व्यवस्थासँग सति जान खोज्नु वा यसबाट कुनै अद्भुत नतीजाको अपेक्षा राख्नु भनेको ‘बबुर रोपेर आँपको अपेक्षा गर्नु ‘बराबरको मुर्खता हो ।"

देश र जनताको दिगो हितलाई केन्द्र विन्दूमा राखी वर्तमान संविधान पुर्न:लेखनको जरुरी रहेको भन्दै उनले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण पनि गराएका छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...