प्रदेश २ मन्त्री बर्खास्त प्रकरण : समाजवादी विद्यार्थी युनियनद्धारा स्वागत

  • जेठ २३, २०७८
  • ७२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम । समाजवादी विद्यार्थी युनियन प्रदेश २ ले प्रदेश सरकारले चारजना मन्त्रीलाई बर्खास्त गरेको निर्णयलाई स्वागत गरेको छ । समाजवादी विद्यार्थी युनियन प्रदेश २ को अध्यक्ष दिपेश यादवले प्रदेश सरकारले चारजना मन्त्रीलाई बर्खास्त गर्ने निर्णयलाई स्वागत गरेका हुन् । अध्यक्ष यादवले यी चारजनै मन्त्री भ्रष्टाचारमा तल्लीन रहेको र कमिसनको खेलमा रहेर प्रदेशलाई बदनाम गराएको दाबी गरेको छ । अध्यक्ष यादवले लेखेका छन्, “बिना कमिसन एउटा नि काम नगर्ने यी मन्त्रीलाई बर्खास्त गर्नुपर्छ भने अवाज हामीले पहिलादेखि नै उठाउँदै आइरहेका छौं, अहिले आएर सरकारले सकारात्मक निर्णय गरेको, हामी हर्सित छौं । ” अध्यक्ष यादवले यस निर्णयको स्वागत गर्दै दिपावली मनाउन नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ । सरकारको आचरण विपरीत योजना रकम असुली गरी प्रदेशलाई बदनाम गराएको भन्दैँ चार जना मन्त्रीलाई मुख्यमन्त्री राउतले यी मन्त्रीलाई आइतबार अबेर राति बर्खास्त गरेका छ । मुख्यमन्त्री राउतले भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल कुमारी झा, उद्योग वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई बर्खास्त गरेको हो । यी चार जनै मन्त्री लामो समयदेखि मनमौजी तरिकाले योजनामा कमिसनको खेल गर्दै आइरहेको आरोप लाग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...