अपहरित ५ बर्षिय बालक सिरहा प्रहरीको सक्रियतामा सर्लाही बाट उद्धार

  • भदौ १३, २०७६
  • २५६ पटक पढिएको
  • राम पुकार यादव
alt

भदौ १३,बिष्णुपुर सिरहा । सिरहाको कर्जन्हा नगरपालिका २ वन्दीपुरबाट अपहरण गरेको पाँच वर्षीय बालकलाई सिरहा प्रहरीका सक्रियतामा उद्धार गरेको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाले अयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत अपहरणकारी र पीडित बालकसहित उनको अभिभावकलाई सार्वजनिक गर्दै उक्त घट्ना बारे जानकारी दिएको हो । अपहरणकारीले आफ्नी भागेकी पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिनुभयो सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित शङ्कर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको पाँच वर्षीय छोरा शिवम् यादवलाई मुखियाले गत भदौ १० गते अपहरण गरेका थिए ।रौतहट जिल्लाको कटहरिया नगरपालिका–६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा डेरागरी बस्दै आएका थिए । चटपटे व्यवसायी शोभित मुखिया बाहिर गएको बेला भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भागेर बेपत्ता भएपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी मुखिया यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दवाव दिन शोभितले उनीहरुका पाँच वर्षे छोरा शिवमलाई अपहरण गरेको बालककी आमा सखनी देवी मुखियाको भनाई छ । ‘वालक शिवमलाई अपहरण गरेपछि शोभितले बारम्बार यादव दम्पतिलाई फोन गरेर मेरो श्रीमतीलाई फिर्ता गरिदेउ, आफ्नो छोरालाई लैजान भनेर फोन गरिरहेका, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले भन्नुभयो–‘शोभितले गर्ने गरेको फोनबाट उसको लोकेशनलाई पछ्याउँदै जाँदा शोभितलाई वालकसहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहा प्रमुख प्रहरी उपरिक्षक चतुर्वेदीका अनुसार, मुखियाले वन्दीपुरबाट धनुषाको पोर्ताहा, पोर्ताहाबाट महोत्तरीको बर्दिबास, त्यहाँबाट बन्दीपुरकै रामगोपालपुर, भित्तामोड हुँदै भारतको सीतामढी र त्यहाँबाट सर्लाहीको विष्णु गाउँपालिका–५ स्थित नेपाल भारतको सीमाबाटै सिरहा प्रहरीले मुखियालाई वालकसँगै पक्राऊ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...