संचारकर्मी झा लाई एमाले भोलेन्टियरको धम्की ,पत्रकार महासंघ सिरहाले गरे कार्यबाहिको माँग

  • जेठ २१, २०७८
  • ३३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको हेमनरायन चौक स्थित मुस्कान एफएम का संचालक शितल कुमार झालाइ एमालेको एक न्होलेन्टियर नेताले धम्की गरे पछि नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ति जनाउँदै कार्यबाहिको मांग गरेका छन। कल्याणपुर नगरपालिका–११ घर भएका एमालेका स्थानीय नेता वैद्यनाथ साहले सञ्चारकर्मी सितल कुमार झालाई धम्की दिएका हुन् । सिरहा सदरमुकामबाट सञ्चालित रेडियो मुस्कानका सञ्चालकसमेत रहेका सञ्चारकर्मी झालाई उनले सामाजिक सञ्जाल फेसबुकको एउटा पोष्ट लिएर फोन गरी आफूसँगको दुश्मनी भारी पर्ने चेतावनी दिएका छन् । ‘पानीमा रहेर गोहीसँग दुश्मनी नगर,’ उनले बुधबार साँझ फोन गरेर झालाई भनेका छन्, ‘नत्र पछि केहि भयो भने यो नभन्नु कि यो कसरी भयो ।’ सञ्चारकर्मी झाले बुधबार साँझ एकजना स्थानीय नेताको समर्थनमा फेसबुकमा एउटा स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका थिए, ‘कल्याणपुर नगरपालिकालाई रामबाबु यादव जस्तो नगर प्रमुख अति नै आवश्यक छ । अब कि बार रामबाबु कि सरकार । मेरो समर्थन खुल्ला रुपमा तपाईलाई ।’ रामबाबु यादव जसपाका स्थानीय नेता हुन् । गत स्थानीय चुनावमा तत्कालिन राजपाबाट मेयरमा उम्मेदवारी दिएका यादव झिनो मतले मात्रै पराजित भएका थिए । साह भने अब हुने स्थानीय चुनावमा मेयरको लागि उम्मेदवारी दिने आन्तरिक तयारी गरिरहेका छन् । स्थानीय सरकार आएको झण्डै ४ वर्ष बितेपनि नगरपालिकाको अवस्था जर्जर नै देखेर आफूले उक्त पोष्ट गरेको झाले बताए । ‘कसैको समर्थन वा विरोध गर्नु सबैको मौलिक अधिकार हो,’ झाले भने, ‘मलाई नगरका अन्य नेताको तुलनामा रामबाबुजी राम्रो लागेर मैले उहाँको समर्थनमा स्टाटस लेखेँ । मैले समाचार लेखेको होइन फेरि, स्टाटस लेखेको हो । स्टाटस मान्छेका निजी विचार र धारणा हुन्छन् । तर, स्टाटसकै कारण यस्तो धम्की आएपछि दुःख लागेको छ । मैले त कसैलाई गाली गरेको छैन । मैले कसैको समर्थनमा लेख्दा उहाँलाई किन समस्या ?’ सञ्चारकर्मीलाई धम्क्याउने कार्य लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने भन्दै साहलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्यसमेत रहेका पत्रकार देवकुमार यादवले माग गरेका छन् । ‘सामाजिक सञ्जाल निजी विचार राख्ने माध्यम हो,’ उनले भने, ‘यहाँ जोसूकैले आफ्ना धारणा राख्न सक्छन् । तर, एउटा सञ्चारकर्मीमाथि सत्ताको आडमा यस्तो धम्कीपूर्ण भाषा प्रयोग गर्नु खेदजनक हो । यस्तालाई कानुनी दायरामा ल्याउन आग्रह गर्छु ।’ सञ्चारकर्मीलाई यस्तो धम्की दिने यस्ताहरुले निमुखा जनतालाई झन् कसरी तर्साएर राखेका होलान् भन्ने प्रश्नसमेत उनले गरे । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सञ्चारकर्मीको सुरक्षा गर्ने सरकारको दायित्व रहेको भन्दै आफू कहाँ उजुरी आए आफू कानुन सम्मत सहयोग गर्ने बताए । घटना सम्बन्धमा आफू कहाँ उजुरी आइनसेको र आएपछि कानुनी प्रक्रिया अगाडि बढाउने सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए । यता, नेपाल पत्रकार महासंघ सिरहाले सञ्चारकर्मीमाथिको धम्की घटनाको भत्र्सना गरेको छ । राजनैतिक र सत्ताको उन्मादमा सञ्चारकर्मीमाथिको व्यवहार निन्दनीय रहेको भन्दै साहले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अन्यथा कानुनी उपचार खोज्ने महासंघका अध्यक्ष मनोज बनैताले बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...