नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

  • जेठ १८, २०७८
  • ५०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पताललाई विभिन्न संस्थाले सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

ओमशान्ति जयसवाल ट्रेडर्सका सञ्चालक धीरेन्द्र चौधरीले १० थान बेड अस्पताललाई प्रदान गरेका छन् । झण्डै १ लाख मूल्य बराबरको बेड चौधरीले अस्पताललाई हस्तान्तरण गरेको सामाजिक अभियनता ओमप्रकाश सर्राफले जानकारी दिए ।

यस्तै मानव अधिकारका लागि एकल महिला समूहले विदेशी दाताहरुको सहयोगमा पठाइएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ । अक्सिजन सिलिण्डर, अक्सिजन फ्लोमिटर, अक्सिजन मास्क १५/१५ थान, एन ९५ मास्क १ सय थान र सर्जिकल मास्क ४ सय थान अस्पताललाई हस्तान्तरण गरिएको मानव अधिकारका लागि एकल महिला समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...