बिरगंजमा भीम रावल‍को पुतला दहन, भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको आरोप

  • जेठ ११, २०७८
  • ५३८५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

बिरगंज । बिरगंजमा विभाजित नेकपाका नेता भीम रावल‍को पुत्ला दहन गरिएको छ। युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रावल‍को पुत्ला दहन गरिएको हो। दासले रावलमाथि भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको आरोप लगाएका छन्।

उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजूद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना रजालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन्।’

विरगंजका सचेत, जागरूक एवं क्रान्तिकारी युवा साथीहरुले कोरोनाको कहरलाई मध्यनजर गर्दै सांकेतिक रुपमा अध्यादेशको विरोध गर्ने, मधेशलाई बदनाम गराउने सन्की, अराजक, नश्लवादी मानसिकतामा लिप्त भीम रावलको पुतला दहन गरी विरोध जनाएका छन्।

नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको दासको भनाइ छ।

लाखौ नागरिक राज्य विहिनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे झूठ एवं भ्रमपूर्ण कुरा गरेर पार्टीबाट निस्काशित एवम् भगौडा माधव कम्पनीको सदस्य भीम रावलले सम्प्रदायिकता भडकाउन खोज्दा आज बिरगंजका युवाहरु पुत्ला दहन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...