कम्युनिस्ट सरकारको प्रचार चीनबाट स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिण्डर आइपुगे

  • जेठ २, २०७८
  • ४३० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं - कम्युनिस्ट सरकार झुट र प्रचारमा कतिसम्म हर्कत गर्दो रहेछ भन्ने एउटा घटनाले देशकै इज्जत माटोमा मिलाएको छ । यस्तो हर्कत गर्ने व्यक्ति हुन् उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनको निजी सचिवालय ।

अहिले गणेश पाण्डे नाम गरेका पत्रकार उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक छन् । उनकै फेसबुक स्टाटसका कारण सम्पूर्ण मिडिया चिप्लिएका छन् ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याउन लागेको शनिबार उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिए ।

त्यो मिटिङमा पाण्डे पनि सहभागी थिए । तर उनले हतार हतार चिनियाँ सरकारको अनुदान सहयोगमा चीनबाट स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको फेसबुकमा लेखे । पाण्डेको स्टाटसलाई लिएर धेरै सञ्चारमाध्यमले समाचार बनाए ।

अहिले आएर यसबारेमा व्यापारी शेर्पाले मुख खोलेका छन् । उनले शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर भ्रमपूर्ण रुपमा प्रचार गरेको बताएका छन् । तातोपानी भन्सार कार्यालयले समेत ती अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको बताएपछि उपप्रधानमन्त्री पोखरेलको नियत उदांगो भएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...