प्रदेश २ लाई अर्गानिक स्टेट बनाउँने

  • भदौ ९, २०७६
  • ९२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

९ भदौ । प्रदेश २ सरकारका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशलाई कृषिमा नमुना बनाउँन सिँचाई, मलखाद्य, उन्नत विउविजनसहित बजारिकरणको आधारभूत संरचना तयारीमा लागेको बताए । लहानमा शनिवार पत्रकार भेटघाट गर्र्दै मन्त्री साहले सिँचाईको लागि कोशी कमला डाईभर्सन गर्दै अरु नदीनाला पहिचान गर्दै सिँचाईको व्यवस्थापन गर्ने भन्दै साना किसानको लागि पाँच हजार ट्वेल वितरण गर्ने बताए । मुख्यमन्त्री कृषि उत्थान कार्यक्रमले प्रदेश २ को कृषि क्षेत्रको आधुनिकीकरण र अधिकतम उत्पादन गर्न १० कठ्ठासम्म भएका किसानलाई बार्षिक १० हजार रकम उपलब्ध गराउँने मन्त्री साहले बताए । किसानले कम लागतमा बढी मुनाफा हासिल गर्न कृषि उपकरण खरीदमा ५० देखि ८५ प्रतिशत सम्म अनुदान छुटको समेत ब्यबस्था गरेको छ । कृषिक्षेत्रको समस्या समाधानको लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढिरहेको मन्त्री साहले बताए । अर्गा्निक स्टेटको रुपमा प्रदेश २ लाई अगाडि बढाउँने भन्दै मन्त्री साहले खेतीको समयमा हुने मलको अभावलाई कम गर्न प्रदेशमा ३ वटा अर्गा्निक मलको उद्योग स्थापनाको तयारीमा रहेको बताए । देशभर बार्षिक ६ देखि ७ लाख मेट्रीक टन रासायनिक मलको माग रहेपनि ४ लाख मेट्रीक टन मात्रै आपूर्ति हुने गरेको बताउँदै मन्त्री साहले माग अनुसार आपूर्ति नहुँदा प्रदेश २ मा कृषि उत्पादनमा कमि हुँदै गएको बताए । कृषि उत्पादनमा जोड दिँदै स्थानीय तहको समन्वयमा कृषकले कस्टम ह्यारिङ सेन्टर मार्फत न्युनतम शुल्कमा कृषि औजार तथा उपकरण प्रयोग गर्ने सुबिधा प्रत्येक पालिकामा व्यवस्था गरिने मन्त्री साहले बताए । जल, जमिन र जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रदेशका युवालाई प्रदेशमै राख्नको लागि पनि कृषि क्षेत्रलाई ब्यबस्थित र सामूहिक खेतिको लागि समेत ऋण उपलब्ध गराउने मन्त्री साहले बताए । यो सँगै आठ वटै जिल्लामा कोल्ड स्टोर, प्रदेशको प्रत्येक पालिकामा दुधमा आत्म निर्भर बनाउँन चिस्याँग केन्द्र र धानचामल ब्रान्डिँगको लागि प्रत्येक जिल्लामा सेलर प्लान्टको व्यवस्था गर्दै ‘हर खेतमै पाइन, हर हातमे रोजगार’ नारालाई सार्थक बनाउँने मन्त्री साहले बताए ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...