पार्टीभित्र बहुमतको खेल सुरु भएका कारण गम्भीर स्थिति आयो : महतो

  • वैशाख २४, २०७८
  • ६१४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले प्रधामन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सांसद र पार्टीका कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलनलाई तीव्रता दिएको छ।
संसदीय दल र पार्टीमा बहुमत पुर्‍याउन ठाकुर पक्षले अन्तिम प्रयास थालेको हो।केही सांसद र केन्द्रीय सदस्यलाई सहमत गराउन सकेमा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने तयारीसम्म थालेको ठाकुरनिकट एक नेता बताउँछन्।

वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीभित्र बहुमतको खेल सुरु भएका कारण गम्भीर स्थिति आएकाे बताए।‘लुम्बिनीमा पार्टीका ४ सांसदलाई बहुमतले कारबाही गरेको भनिएको छ,’ उनले भने ‘पार्टीको बैठक नै बसेको छैन कसरी बहुमत र अल्पमत हुन्छ?’ पार्टीभित्र सुरु गरिएको वहुमतको खेलले यादव र भट्टराई नै पार्टीमा नरहने अवस्था आउन सक्ने ठाकुरनिकट एक नेताले बताए।‘हामीले हस्ताक्षर संकलन गरिरहेका छौं। सहज अवस्था बनेमा यादव र भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने अवस्था आउन सक्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘संसदीय दल र पार्टीको कार्यकारिणी समितिमा यसको तयारी भइरहेको छ।’

लुम्बिनी प्रदेशमा पार्टी निर्णयविपरित सरकारमा सहभागी बनेका चार सांसदलाई यादव र भट्टराई पक्षले बहुमतका आधारमा कारबाही गरेको थियो।यादव–भट्टराई पक्षले पार्टीको कार्यकारिणी बैठक बोलाउन वैशाख १४ गते शीर्ष नेताहरुसँग छलफल गरे पनि ठकुर पक्ष त्यसमा सहमत भएको थिएन। सोही दिन यादव–भट्टराई पक्षको अर्को बैठक बसेको थियो। त्यसै दिन लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार सांसदलाई कारबाही गरिएको हो।ठाकुर पक्ष सो कारबाहीको विरुद्धमा निर्वाचन आयोग पुगेको छ। शुक्रबार ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा पुस ७ यता कार्यकारिणी समितिको कुनै पनि बैठक नबसेको दाबी गरिएको छ।

सरकार हटाउने वा उसलाई साथ दिने भन्ने विषयमा चरम विवाद रहेको जसपाभित्र ठाकुर पक्ष प्रधानमन्त्री ओलीप्रति नरम छ भने अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकार विस्थापन गर्नुपर्ने पक्षमा छन्।जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषद् छ। जसमा यादव–भट्टराईको बहुमत छ। उनीहरुको पक्षमा २७ जना सदस्यहरु छन् भने ठाकुरकाे साथमा २४ जना छन्।संसदमा जसपाका ३४ सांसदमध्ये दुईजना निलम्बनमा छन्। कायम रहेका ३२ मध्ये १२ सांसद महन्थका पक्षमा खुलेका छन्।जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डे पार्टी विभाजनको संघारमा पुगेको बताउँछन्।पार्टीभित्र संसद र कार्यकारिणी सदस्यलाई आफ्नो पक्षमा पार्न अस्वस्थ खेल भएको उनले बताए।

भट्टराईनिकट पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत् त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछन्।’महन्थ पक्षले केहि कदम चाल्न लागेको संकेत गर्दै आफूनिकट सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौं नछोड्नसमेत भनेको छ।
२०७७ वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजन गर्न सहज हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएपछि तत्कालीन राजपा र समाजवादीबीच वैशाख १० गते मध्यराति पार्टी एकता भएको थियो।
सोही पार्टी अहिले ओलीको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमै विभाजित रहँदा फूटको अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...