श्रीवास्तवको भनाई लुम्बिनी प्रकरणले जसपा फुटतर्फ उन्मुख

  • वैशाख २०, २०७८
  • ४८१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । ‘पार्टी फुटाउन उद्दत गतिविधि सह्य छैनन, यस्ता क्रियाकलाप बहिष्कार गर्नुको विकल्प छैन’– जनता समाजवादी पार्टी (जसपा) का नेता विमलप्रसाद श्रीवास्तवले भन्नुभयो ।

लुम्बिनी प्रदेश सभा प्रकरणबारे आफ्नो विचार राख्दै श्रीवास्तवले भन्नुभयो – ‘लुम्बिनी प्रकरणले जसपा फुटतर्फ उन्मुख भएको देखिन्छ ।’ उपेन्द्र यादवहरुका कारण जसपा फुटको संघारमा पुगेको उहाँले बताउँनुभयो ।

केन्द्रको निर्णय विपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र यादव समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभाका सभामुखले बिहीबार चार सांसद् पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभएको थियो । 

सूचना सार्वजनिक हुनासाथ अध्यक्ष महन्थ ठाकुरले चार सांसद्लाई कारबाही गर्ने निर्णय जसपा केन्द्रले नगरेको भन्दै लुम्बिनीका सभामुखलाई बिहीबार साँझ नै पत्र पठाउँनु भएको थियो । कीर्ते र गैरकानुनी निर्णय कार्यान्वयन नगर्न भन्दै ठाकुरले निर्वाचन आयोगमा आज निवेदन दिनुभएको छ ।

सोही विषयलाई लिएर जसपाकै केही नेताले पार्टी फुट्न सक्ने बताइरहेका छन् । केही नेताले त उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले जसपा फुटाउन खोजेको आरोप पनि लगाएका छन् ।

पूर्व समाजवादी पार्टीका नेता तथा पर्सा–२ बाट निर्वाचित सांसद् श्रीवास्तवले पनि पार्टी फुट्न लागेको बताउनुहुन्छ । ‘हिजोको घटनाले पार्टी फुट्न थालेको लक्षण देखेको छु’– उहाँले भन्नुभयो

आफू उपेन्द्र निकटकै नेता भएपनि उपेन्द्रको कीर्ते कदमलाई साथ दिन नसकिने विमलले प्रष्ट पार्नुभयो । ‘लुम्बिनीमा जे भयो त्यो एकदमै गलत हो, उहाँले यसरी मनोमानी गर्न हुँदैन, पार्टीविरुद्धका कदममा उहाँलाई साथ दिन सकिँदैन’–विमलको भनाइ छ ।

सबैको चाहाना पार्टी नफुटोस् भन्ने रहेपनि नेपालमा नफुटेका कुनैपनि पार्टी नरहेका उहाँले सुनाउनुभयो । विमलले भन्नुभयो –‘कुनैपनि अप्रिय घटनालाई राम्रो मान्न सकिन्न, त्यो कसले गर्...यो, किन गर्...यो, कसरी गर्..यो, केका लागि गर्..यो त्यो आफ्नो ठाउँमा होला, तर जसले गर्..निक्कै गलत गर्..यो ।’  पार्टीविरुद्धका गतिविधि छाडेर एकढिक्का भएर अगाडि बढ्न उहाँले नेताहरुलाई सुझाव पनि दिनुभयो ।

सत्तासहकार्यबारे सोधिएको प्रश्नमा पनि विमले नरम जवाफ दिनुभयो । सरकारले तपाईंहरुका माग सम्बोधन गरेको छ, अब त साथ दिनुहुन्छ होला नि ? यो प्रश्नमा विमलले भन्नुभयो  – ‘ठूला नेता आ–आफ्नो धारमा हुन्छन्,यसमा पनि ठूला नेताकै निर्णय चल्छ ।’ आफूहरु साधारण मानिस भएको भन्दै उहाँले शान्ति र मेलमिलापसाथ जसपासहित सबै दल अगाडि बढ्नुपर्ने बताउनुभयो ।’

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...