साईकल पाएर कर्जन्हाका छात्रछात्रा हर्षित

  • भदौ ९, २०७६
  • २४५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

९ भदौ । सिरहाको कर्जन्हा नगरपालिकाले छात्रछात्रालाई आज साईकल उपलब्ध गराएको छ । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले आफ्ना नगरपालिकाभित्र पर्ने दूई छात्रछात्रालाई साईकल उपलब्ध गराएको छ । जनसेवा उच्च मावि कर्जन्हामा अध्ययरत ११ कक्षामा परीक्षा दिइसकेका १ सय ६ र राष्ट्रिय फुलकुमारी उच्च मावि बन्दीपुरका ९४ छात्रछात्रालाई साईकल उपलब्ध गराएका छन् । ११ कक्षाको परीक्षा दिइसकेकी अँजली अधिकारीले ‘सधैं हिडेर स्कूल पुग्थे ।’ ‘अब साईकल पाएको छु’ ‘समयमै स्कूल पुग्ने साधन भएकोले खुशी छु ।’ बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारले कक्षा ८ मा अध्ययनरत छात्रालाई निःशुल्क साईकल वितरण गर्दै आएको छ । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले उच्च शिक्षातर्फ डोर्याउँन कक्षा १२ पढ्न जाने छात्रछात्रालाई साईकल दिएर प्रोत्साहन गरिएको छ । नगरका छात्रछात्रा उच्च शिक्षा हासिल गर्नको लागि अगामि दिनमा विद्यार्थीमैत्री सशक्त कार्यक्रम ल्याउँदै जाने प्रमुख पासमानले प्रतिबद्धता समेत गरेका छन् । साईकल पाएर हर्षित बनेकी अँशु कोइरालाले ‘साईकल पाएर मेरो पढाईमा थप उर्जा आएको छ । टाढाबाट विद्यालय जान्थे, कहिलेकाही कक्षा नै छाडिदिन्थे । अब नियमित कक्षा नछोडिने भए ।’ कर्जन्हा नगरपालिकाले पहिलो पटक २ सय छात्रछात्रालाई साईकल उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...