मधेसी जनतालाई न्याय दिलायो जसपाले

  • वैशाख १६, २०७८
  • २८३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । सरकारले मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा फिर्ता लिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)सँगको सहमतिका आधारमा मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

“नेपाल सरकार वादी भई चलाइएको मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका बमोजिम विभिन्न समयमा चलाइएका १५ मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको सार्वजनिक गर्न चाहन्छु,” बुधबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, “यस्तै प्रकृतिका मन्त्रिपरिषद्ले फिर्ता लिन सक्ने मुद्दाहरु फिर्ता हुनेक्रम निरन्तर रहने जानकारी गराउन चाहन्छु ।”

उनले अहिले फिर्ता भएका मुद्दा जसपासँगको सहमतिका आधारमा फिर्ता लिएको भन्दै विप्लवसहितका समूहसँगको सहमतिअनुसार मुद्दा फिर्ता लिनेक्रम जारी रहने बताए । “विप्लवसँगका मुद्दा फिर्ता हुन बाँकी नै छन्, नेपाल सरकार वादी भई चलाइएका मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशका–२०७७ बमोजिम सरकारले मुद्दा फिर्ता लिने क्रम जारी राखेको छ,” प्रवक्ता गुरुङले भने, “अहिले फिर्ता लिइएका मुद्दा मधेसवादी आन्दोलनमा रहेका जसपासँगको सहमतिमा आधारित मुद्दा फिर्ता हो ।”

उनले संख्या नखु्लाए पनि सरकारले मुद्दा फिर्ताको क्रम भने जारी राखेको जानकारी दिए । जसपाले भने सरकारसँग २६ मुद्दामा संलग्न २२४ जनाको मुद्दा फिर्ताको निर्णय भइसकेको तर फाइल तयार नभएका कारण सार्वजनिक भइनसकेको बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...