जनप्रतिनिधिलाई बजेट खर्चिने ठाउँ भेटाएन,प्रहरी प्रशासनकै संरक्षणमा मेला,नाच तमासा र जुवातासको आयोजना

  • वैशाख ११, २०७८
  • १४६३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

११ बैसाख,सिरहा । विश्वमा दोस्रो कोरोनाको माहामरी तिव्र रुपमा फैलिरहेको बेला सिरहामा कोरोनोलाई निम्तो दिदै प्रहरी प्रशासनकै संरक्षणमा मेला,नाच तमासा र जुवातासको आयोजना गरीएको छ ।
पडोसी देश भारतमा दिन प्रति दिन लाखौंको संख्यामा कोरोनाको विरामी फेला परेपनि यहाँका सरोरकारबाला निकाय डिसिसिएमसी सिरहाको निर्णयलाई लत्याउँदै मेला आयोजना गरेका छन ।

koronabt 6
विष्णुपुर गाँउपालिका वडा नं.१ का अध्यक्ष गोपिन्द्र यादबले राम नवमीको अवसरमा भारतबाट कुस्तिबाजहरु मगाएर मेला लगाएका छन । स्थानीयहरुलाई मनोरञ्जन गराउने उदेश्यले आयोजना गरीएको मेलामा हजारौको संख्यामा भिड भाड लगाएको देखिन्छ र जसमा भिडभाड नियन्त्रण गर्न प्रहरी नै संग्लगन भएको देख्न पाईन्छ ।
मिति २०७८ साल बैशाख १ गतेका दिन जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख प्रदिप राज कणेलको अध्यक्षतामा बसेको डिसिसिएमसी सिरहाले बैशाख मसान्तसम्म भिडभाड हृुने सबै कुरामा रोक लगाउ.दा लागाउदै पनि उनिहरुकै संरक्षणमा मेला लगाइएको देखियो छन ।shibday
मेला आयोजना सम्बन्धमा सिरहाका एसपी सुदिपराज भण्डारीसँग बुझ्दा मैले के गर्ने त्याहाका नागरिक समाज अगुवाहरुले बुझनुपर्ने कुरा हो यसमा सवैको सहयोग हुनुपर्ने बताए । म यसमा के गर्ने स्थानीय सरकार सँग बुझ्दा हुन्छ र म सिडियो सावको आदेशअनुसार गर्नुपर्ने हो र मलाई यस मेला सन्दर्भमा जानकारी पनि छैन भन्ने बताए ।
यसै सन्दर्भमा इलाका प्रहरी कार्यालय विष्णुपुरका ईन्चार्ज बिरेन्द्र कुमार यादव संग बुझदा मैले एसपी सावलाई जानकारी गराएका हौ । उहाँले मेला लगाउने अध्यक्षलाई पठाइ देउ आदेश गर्दा पठाए पछि मेला लागाको बताए ।
यता,प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले डिसिसिएमसीको निर्णय विपरित आयोजना गरीएको मेला लगाउनु भनेको सरोकारवाला निकायको राम्रो मनसाय देखिएन । अहिलेको रोग ब्याधिको कठिन घडिमा कोरोना कहर सम्बन्धि मापदण्ड पुरा नगर्नुको साथै समाजिक दुरि र मास्क बिना नै कुस्तिवाजहरु र दर्शकहरुको ठुलै भिडले जनतामा चिन्ता सृजना गरेका बुझाइ छन ।

 

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...