चिनियाँ साइनोफार्म खोप रोकेर भारतमा उत्पादित कोभिशिल्ड खोप प्रयोग

  • बैशाख ९, २०७८
  • ३५३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

कोलम्बो । श्रीलंकाले चीनमा उत्पादित कोभिड १९ बिरुद्धको खोप रोकेर भारतमा उत्पादित खोप प्रयोग गर्ने भएको छ ।

श्रीलंकामा कोभिड १९ बिरुद्धको चिनियाँ साइनोफार्म खोप रोकेर भारतमा उत्पादित कोभिशिल्ड खोप प्रयोग गर्ने भएको हो ।

चिनियाँ साइनोफार्म खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल पुरा नगरेको कारण हाल उक्त खोप लगाउन रोकेको श्रीलंका संसदका सह प्रवक्ता डा. रमेश पथिरानाले बताएका छन् । त्यस्तै, साइनोफार्म खोपको दर्ताबारे पुर्ण विवरण प्राप्त नभएको पनि उनले बताए ।

विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको साइनोफार्म खोपको दर्ता गर्न अझै समय लाग्ने देखिएको पनि पथिरानाले बताए । श्रीलंका मुख्य गरि बेलायतको अस्ट्रेजेनेका को भारतीय स्थानीय उत्पादन कोभिशिल्ड खोपमा निर्भर रहेको पनि सह प्रवक्ता पथिरानाले बताएका छन् ।

श्रीलंकाको संसदले पाँच करोड बीस लाख अमेरिकी डलर बराबरको लागतमा एक करोड डोज कोभिशिल्ड खोप भारतबाट निर्यात गर्ने स्वीकृत गरीसकेको छ । स्रोत टाईम्स अफ ईन्डीया

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...