सतासिन सरकारले मधेशलाई कहिल्यै रुचाएनन । समृद्धि र सुशासानको अनुभुति बाट जनता वञ्चित

  • बैशाख ६, २०७८
  • ६७८ पटक पढिएको
  • राम पुकार यादव
alt

देशको भौगोलि स्वरुप स्थिर रहे पनि राजनितिक स्वरुप फेरिएको छ ।नेपाल स्थित मधेशि हस्तीनापुर लुटेरै छोडने सोच बनाएका सतासिन सरकार भाई भाई बिच दल दल, दल दल बिच द्धन्द्ध सृजना गराउने खेल बाट पछि हटेका छैनन । उनले मधेशलाई कहिल्यै रुचाएनन ।उनले मधेश रुचाउनेहरुलाई सदैब फोडेर राख्न प्रयत्न गरे ।

मधेशी,दलित आदिबासि जनजाती मुस्लीम पिछिडिएको तथा सिमान्तकृत समुदायहरुको मुदाहरुमा केन्द्रित रहने दलहरुको स्थिरता पार्टिगत सम्बन्धमा आँच पुगाउने धन्धा गरे । जो लोकतन्त्रका अभ्यास बिरुद्धका सरकार सतासिन सरकार रहेको चौतर्फि चर्चामा छन ।आफानो सता स्वार्थका कारण बिदेशि शतिmहरुको पुजारि हुदै आएका छन ।दशे र जनता भाँडमा किन न जायोस नियत बसालेकाहहरु प्तिगामि चरित्रमा लिप्त भएका छन ।

आमा नमरुन्जेल गर्भ बाहिर ननिस्कने गँगटोको बच्चा जस्तै जानताको कर र पसिना बाट पालिएका एकाधिकारि सरकार र पसनाको रुपमा प्रयोग हुदै आएका मधेशबादि दल र नेताहरु पनि कहिले जनतामुखि बन्ने छन ?सपना भएका छन । राजनिती, बेमोैषमी राजनिति उथलपुथल बाट देशमा गम्भिर बदलाव देखिएको छ । पार्टि पार्टि बिचको द्धन्द र राजनितिक नेताहरु बिचको अन्तर कलहले सिगों देशको जनताले नै नेता र उनिहरुको राजनिति शैलिमा गर्नु पर्ने बिश्वास बाट जनता टाढिएको देखिन्छ । जनताले नेतृत्व वर्गको स्वच्छ राजनितिमा बिश्वास जमाउने हो । 

देशको बदलिदो राजनितिका कारण हालको राजनितिमा नेतृत्व वर्ग माथिको बिश्वाश जनतामा नरहेको देखिन्छ । सतासिन सरकारको प्रतिगामि रबैयाले कुहिदै गएको नेपालि राजनिति लोकतन्त्रलाई उपहास उडाएको छ ।पार्टि पार्टि बिचको दलिय खेल त्यसमा पनि सतासिन सरकार र राज्यले चेक एन्ड ब्यालेन्सको रुपमा राखेको मधेशबादि दलहरु पेन्डुलम घडि जस्तै उतर पशिच्म गर्न बाट फुर्सद पाएको छैन ।

मुदा एकातिर सता स्वार्थ अर्कातिर । सरकारलाई खाँचो पनि त्यसकै ।मधेशबादि नेताहरुको इच्क्षा आंकाक्षा पनि त्यहि। यस अबस्थामा दलहरु बिचको सम्बन्ध खचाखच रहने कुरै देखिदैन। जनताको लागि को ?जनता कसका लागि ?प्रश्न उठनु स्वभाबिक हो ।

नेपालि राजनितिमा सदैेब आफनो बर्चश्व कायम राख्न सतासिन सरकारले मधेशमा पार्टिहरु बिच लडाउने र त्यसबाट मन्थन भै आएका रस चुम्बन गर्ने प्रबृति फुटाउनु र राज्य गर्नु बाहेक के पनि होइन ।यस प्रबृतिका पक्षधरहरुले सन्तुलन र परिक्षनको रुपमा प्रयोग भैरहेको मधेशबादि दलहरुको बाट कहिले पुर्व राजपा त कहिले पुर्व समाजबादि जनमत पार्टिलाई प्रमोशन र डिमोशनको रुपमा अगाडि सारेको खेल एकल शाशन पद्धतिको रुप त हो ।

राज्य संचालन गर्न यस अबस्थामा गरिबिको रेखामुनि रहेको नेपालि जनता समृद्धि र सुशासानको अनुभुति बाट वञ्चित रहेको प्रष्ट छ । बिगतमा राजाको निरंकुशता, राणा कालमा उनिहरुको जहाँनिया शासन शैलि बाट शोषित पिडित कोमल नेपालि जनता यतिखेर पनि पुर्ण रुपले लोकतन्त्रको खुला साँस फेर्न गाहो्र महशुस गर्नु सतासिन सरकारको राजनिति पद्धति र शैलि निरंकुश रहेको अनुभुति जनताले आत्मसात गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...