बंगलादेशमा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए

  • बैशाख ५, २०७८
  • २५५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

ढाका । बंगलादेशको चटगाउँ क्षेत्रको बाँशखलीस्थिति चिनियाँ जोइन्ट भेन्चरको कोइला उद्योगमा गोली चल्दा पाँच जना मारिएका छन् ।  उक्त गोलाबारीमा करिब १५ भन्दा बढी कामदारहरु घाइते भएका छन् । 

मुस्लिमहरुको महान चाड रमजान मनाउनका लागि आफ्नो काम गरेको बक्यौता ज्याला माग गर्दै धर्ना दिइरहेका कामदारहरुमाथि गोली चलाइएको हो । 

चटगाउँ रेन्जका डिप्टी इन्सपेक्टर जनरल अन्वर हुसेनले भने, "मृत्यु हुनेमा चुआडांगाका रोनी, किशोरगञ्‍जका मो. राहाद, नरसिंगीका शुवो, बन्शाखलीका महमूद रजा र नोआखलीका रायहान रहेका छन् ।" 

'रायहान' को चटगाउँ मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका ड्युटी डा. फ्यासल करीमले बताइन् । 

डीआईजी हुसेनका अनुसार बाँशखलीको गण्डमारामा कोइलाबाट बिजुली उत्पादन गर्ने प्लान्टमा काम गर्ने कामदारहरूले रमजान मनाउनका लागि आफ्नो बाँकी रकम दिनुपर्ने माग गर्दै शुक्रबारदेखि प्रदर्शन गरिरहेका थिए । 

रमजान आउनुअघि नै आफूहरुलाई आफ्नो बाँकि ज्याला नदिएको भन्दै असन्तुष्ट कामदाहरुले माग पूरा नभएको र मजदुरका नेताहरुले पनि आफ्नो मागको सुनुवाइ नगरेको भन्दै धर्ना दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...